arrow

रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध

logo
प्रकाशित २०७४ असार २६ सोमबार
gulmi_district_map.png

गुल्मी । अविरल वर्षाका कारण गुल्मीको रिडी–रुद्रवेणी–वामी टक्सार सडकखण्ड  आइतबार रातिदेखि अवरुद्ध बनेको छ । 

उक्त सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिकाको उर्लीखोला, डहरे खोला, बादरे भिर र चिउरेनी भिरलगायतका दर्जनौँ ठाउँमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको हो । 

जिल्लामा सबैभन्दा बढी सवारीसाधन सञ्चालन हुँदै आएको अति व्यस्त उक्त सडकखण्ड अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट पाल्पा, बुटवल र काठमाडौँसम्म छुट्ने सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् । 

पानी परिरहेको र माथिबाट पहिरो खसिरहेका कारण पहिरो पन्छाउन समस्या भएको र मानिसलाई पैदल हिँड्न पनि समस्या भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रेम श्रेष्ठले बताए । 

त्यसैगरी पहिरो गएका कारण गएरातिदेखि गुल्मीको मुसिकोटदेखि तम्घास सडकखण्डसमेत अवरुद्ध बनेको छ । 

अविरल वर्षाका कारण वर्षाले गुल्मी जिल्लाका तीन दर्जनभन्दा बढी ग्रामीण सडकसमेत अवरुद्ध बनेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ