arrow

एमाले फेरि बाउँठियो : संविधान संशोधन हुन नदिने

दोस्रो चरणको चुनावमा पहिलो भएकोमा मख्ख

logo
प्रकाशित २०७४ असार २६ सोमबार
cpnuml-530x304.jpg.jpeg

काठमाडौं । प्रमुख विपक्षी एमालेले स्थानीय तहको तेस्रो चरणको निर्वाचन अघि संविधान संशोधन विधेयक पारित हुन नदिने अडान दोहोर्‍याएको छ ।

सरकारले संविधान संशोधनको पक्षमा रहेका दल र विपक्षीसँग छलफल गरेर यसै साता संशोधन विधेयक निर्णयार्थ पेश गर्ने तयारी गरिरहेका बेला एमालेले संशोधन प्रस्ताव राष्ट्रहित विपरित र अनुचित भएको अडान दोहोर्‍याएको हो ।

सोमबार बसेको स्थायी कमिटी बैठकले स्थानीय तहको निर्वाचन सकिएपछि मात्रै संशोधनबारे छलफल गर्ने सहमति विपरीत सत्ता गठवन्धनले संशोधनबारे चर्चा चलाएको भनेको छ ।  

एमाले सचिव प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,  ‘स्थानीय तह निर्वाचन सम्पन्न भएपछि मात्रै संविधान संशोधनको विषयमा छलफल गर्ने सहमतिविपरित सत्ता गठबन्धनद्वारा पुनः संविधान संशोधनको चर्चा चलाएको विषयप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ । प्रस्तावित संविधान संशोधन प्रस्ताव राष्ट्रिय हीतविपरित र अनुचित रहेको पार्टीको अडानलाई पुनः दोहोर्‍याउँदै  बैठक उक्त प्रस्ताव पारित हुन नसक्ने स्पष्ट पार्न चाहन्छ ।’

यस्तै, एमालेले दोसो चरणको चुनावमा पनि पहिलो शक्तिको रुपमा स्थापित भएको भन्दै सन्तोष प्रकट गरेको छ । सत्ता गठबन्धनद्वारा भएको राज्यशक्तिको चरम दुरुपयोग, चौतर्फी घेराबन्दी भन्दै एमालेले भनेको छ, अनेकौं प्रतिकुलताका बाबजुद नेकपा (एमाले) पहिलो शक्तिको रुपमा स्थापित हुन सकेकोमा पार्टी सन्तोष व्यक्त गर्दछ ।


बैठकको निर्णयको पाठ
नेकपा (एमाले) स्थायी कमिटीको ६९औं बैठक आज अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्यो । बैठकले देहायका निर्णयहरु गरेको छः

१. असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनद्वारा भएको राज्यशक्तिको चरम दुरुपयोग, हाम्रो पार्टीविरुद्धको चौतर्फी घेराबन्दी र अनेकौं प्रतिकुलताका बाबजुद नेकपा (एमाले) पहिलो शक्तिको रुपमा स्थापित हुन सकेकोमा पार्टी सन्तोष व्यक्त गर्दछ । पार्टीलाई यस स्थानमा पु¥याउने सम्पूर्ण मतदाताहरुमा आभार व्यक्त गर्दै निर्वाचित जनप्रतिनिधिहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछ र निर्वाचन सम्पन्न गर्न भूमिका निर्वाह गर्ने निर्वाचन आयोग, राष्ट्रसेवकहरु, सुरक्षा निकाय एवम् सञ्चारमाध्यमहरुलाई धन्यवाद ज्ञापन गर्दछ ।
२. निर्वाचनमा प्राप्त सफलता र कतिपय ठाउँहरुमा भएका अनपेक्षित परिणामको समग्र समीक्षा गर्दै १५ दिनभित्र प्रतिवेदन पार्टी केन्द्रमा पठाउन निर्वाचन सम्पन्न भएका प्रदेशहरुका सम्बन्धित जिल्ला कमिटीहरुलाई निर्देशन गरिन्छ ।
३. आगामी असोज २ गतेका लागि तय गरिएको प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन निष्पक्ष, शान्तिपूर्ण, भयरहित र स्वच्छ वातावरणमा सम्पन्न गर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउँदै निर्वाचनको तयारीमा व्यवस्थित ढंगले लाग्न सम्बन्धित प्रदेश संगठन कमिटी र मातहत कमिटीहरुलाई निर्देशित गरिएको छ ।
४. सम्बन्धित जिल्ला कमिटीको सुझावका आधारमा जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुखहरुको नाम १५ दिनभित्र पार्टी केन्द्रमा सिफारिस गरी पठाउन प्रदेश संगठन कमिटीलाई निर्देशित गरिन्छ । जिल्ला समन्वय समितिका सदस्यहरुको हकमा सम्बन्धित जिल्ला कमिटीले नै निर्णय गर्नेछन् ।
५. प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रयोजनका लागि यही साउन १ गतेदेखि मतदाता नामावली संकलन गर्ने सूचना निर्वाचन आयोगबाट जारी भएको सन्दर्भमा सोही अनुसार योजनाबद्ध रुपमा लाग्न मातहत कमिटीहरुलाई निर्देशित गरिन्छ ।
६. स्थानीय तह निर्वाचन सम्पन्न भएपछि मात्रै संविधान संशोधनको विषयमा छलफल गर्ने सहमतिविपरित सत्ता गठबन्धनद्वारा पुनः संविधान संशोधनको चर्चा चलाएको विषयप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ । प्रस्तावित संविधान संशोधन प्रस्ताव राष्ट्रिय हीतविपरित र अनुचित रहेको पार्टीको अडानलाई पुनः दोहो¥याउँदै बैठक उक्त प्रस्ताव पारित हुन नसक्ने स्पष्ट पार्न चाहन्छ ।

प्रदीप ज्ञवाली
सचिव
केन्द्रीय कार्यालय



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ