arrow

१० बर्षे बालकले मृत्यु जिते, पन्ध्र घण्टापछि जीवितै उद्धार

logo
प्रकाशित २०७४ असार २७ मंगलबार
Palpa_District.png

रामपुर । पाल्पामा अरुणखोलाले बगाएर खोलाको बीचमा अलपत्र अवस्थामा बसेका एक बालकको १५ घण्टापछि जीवितै उद्धार गरिएको छ ।

निस्दी गाउँपालिका–४ मित्याल गोठडाँडा बस्ने वर्ष १० का रजिन सुनारी अरुण खोलाको बीच भागमा अलपत्र अवस्थामा अड्किएर बसेका थिए । 

खोलामा पानीको बहाव बढेका कारण उनको सोमबार नै तत्काल उद्धार हुन सकेको थिएन । मंगलबार बिहान ६ बजे उनको रुप्सेभन्ज्याङ प्रहरीचौकी मित्यालको टोली र स्थानीयवासीद्वारा सकुशल उद्धार गरिएको छ । 

सोमबार दिउँसो करिब ३ बजेको समयमा अरुणखोलाको दोभानमा रहेको भन्टाकेको नारटोडी खोलामा पौडी खेल्ने क्रममा खोलामा एक्कासि पानी बढेर आउँदा उनलाई बगाएर अरुणखोलामा पु¥याएको हो । 

पौडी खेलेको स्थानबाट झन्डै २०० मिटर तल अरुण खोलाको बीच भागमा थुप्रिएको बगरमा उनलाई आफन्तले देखेपनि उनको उद्धार गर्न सकिएको थिएन । 

बालकले इशारा गरेर उद्धारका लागि आफन्तलाई बोलाए पनि खोलामा पानीको गति बढ्दो अवस्थामा रहेकाले खोलामा पस्न नसक्दा उनको मंगलबार बिहान मात्र उद्धार भएको स्थानीयवासी धनबहादुर ठाडाले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ