arrow

मैत्रीपूर्ण फुटबल : नेपाल विजयी, विमलको गोलले बंगलादेश स्तब्ध

logo
प्रकाशित २०७४ असार २७ मंगलबार
nepal_VS_bangladesh.JPG

काठमाडौं । बङ्गलादेशको–२३ वर्षमुनिको राष्ट्रिय टोलीविरुद्धको मैत्रीपूर्ण खेलमा  नेपाल विजयी भएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फाको मैदानमा भएको मैत्रीपूर्ण फुटबलमा नेपाल १–० ले विजयी भएको हो । नेपाललाई विजयी गराउन कप्तान विमल घर्तीमगरले २०औँ मिनेटमा गरको गोल नै निर्णायक बन्यो ।

विमलले अग्रपंक्तिका अन्जन विष्टले दिएको पासमा गोल गरेका हुन् । २३ वर्ष मुनिको राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले विमल भएकै कारण टोलीले सुखद् प्रदर्शन गर्ने बताएका थिए ।

बंगलादेशले गोल गर्ने थुप्रै अवसर खेर फाल्यो । बंगलादेशले थपिएको समयमा समेत गोल गर्न सकेन । बंगलादेशका प्रशिक्षकले खेलको पूर्वसन्ध्यामै नेपालसँगको खेल कठिन भनेका थिए ।

नेपालको यही टोलीले संयुक्त अरब इमिरेट्स युएईमा जुलाई १५ तारिखदेखि हुने २३ वर्ष मुनिको एएफसी फुटबल छनोट चरण खेल्ने छ ।

नेपाली टोलीमा एलन न्यौपाने, अशोक बराल र किशोर गिरी गोलरक्षक थिए ।  त्यस्तै, रक्षकमा उपकप्तान अनन्त तामाङ्ग, दिनेश राजवंशी, गौरव बुढाथोकी, कमल श्रेष्ठ, अमित तामाङ्ग, निरज बस्नेत, छिरिङ्ग गुरुङ्ग र लक्ष्मण जिसी रहे ।

मध्यपंक्तिमा हेमन गुरुङ्ग, हेमन्त थापा मगर, सुमन लामा, सुनील बल, पुजन उपरकोटी, तेज तामाङ्ग, दोन थापा र विवेक बस्नेत तथा अग्रपंक्तिमा विमल घर्तीसंगै अन्जन विष्ट, संजोग राई र विश्वास श्रेष्ठ समावेश थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ