arrow

तुलसीपुर उद्योग वाणिज्य संघमा रावत

logo
प्रकाशित २०७४ असार २९ बिहिबार
tulsipur_udhyog_banijya.jpg

दाङ । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्षमा वीरबहादुर रावत निर्विरोध निर्वाचित भएका छन् ।वाणिज्य संघको निर्वाचनमा अध्यक्षमा उम्मेदवारि दिएका सुमन पुनले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि रावत निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । तीनवर्षीय कार्यकालका लागि रावतको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक प्रवीण लम्सालले जानकारी दिए ।

नवनिर्वाचित कार्यसमितिको वाणिज्य उपाध्यक्षमा रामप्रसाद चालिसे, खुला उपाध्यक्षमा मीनराज भण्डारी, महासचिवमा रुपबहादुर खत्री, कोषाध्यक्षमा डिल्लीबहादुर वली, सचिवमा विनिल केसी र सहकोषाध्यक्षमा देवबहादुर केसी निर्वाचित भएका हुन् ।

 त्यसैगरी एशोशियट सदस्यमा यज्ञबहादुर केसी, महिलामा सपना बस्नेत र पवित्रा केसी तथा खुला सदस्यमा टेकप्रकाश केसी, सुनिल आचार्य, तुले दमार्इं, हेमेन्द्र खड्का र हेमराज गौतम निर्वाचित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ