arrow

एएफ्सी युथ २३ च्याम्पियनसिपमा नेपालको खराव प्रदर्शन, युएई ५–० ले विजयी

logo
प्रकाशित २०७४ साउन १ आइतबार
nepalu-23.jpg

अल आइन सिटी । संयुक्त अरब इमिरेट्स युएईमा सुरु भएको एएफ्सी युथ २३ च्याम्पियनसिप फुटबलमा नेपालले खराव प्रदर्शन गरेको छ । 
उद्घाटन खेलमा नेपाल आयोजक युएईसंग ५–० ले पराजित भयो ।  ८ मिनेटदेखि गोलको खाता खोल्न थालेको युएईले मध्यान्तरसम्म ४ गोल गरिसकेको थियो । ६० औं मिनेटमा पाँचौं गोल गरेको युएई त्यसपछि भने रोकिएको थियो । 
हारपछि नेपाली टिमका प्रमुख प्रशिक्षक राजुकाजी शाक्यले वर्षायाममा अभ्यास गरेको नेपालले ४० डिग्रीको गर्मीमा खेल्नुपर्दा नसकेको प्रतिक्रिया दिए । 
नेपालले अब सोमबार उज्वेकिस्तानसंग खेल्नेछ । अन्तिम खेलमा बुधबार नेपालले लेबनानसंग खेल्नेछ । नेपाल समूह डी मा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ