arrow

मध्यपुरथिमी नगरपालिकामा दुर्घटना, एकको मृत्यु, एक घाइते

logo
प्रकाशित २०७४ साउन १ आइतबार
accident-final.jpeg

भक्तपुर । मध्यपुरथिमी नगरपालिका गठ्ठाघरमा बस र मोटरसाइकल शनिबार राति एकापसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । 

दुर्घटनामा मोटरसाइकल चालक ललितपुर बंगलामुखी बस्ने १७ वर्षीय अशिम श्रेष्ठको उपचारका क्रममा निधन भएको छ भने पछाडि बसेकी इकु जोशी घाइते भएकी छिन् । 
इकुको गम्भीर अवस्थामा बी एण्ड बी अस्पताल, ग्वार्कोमा उपचार भइरहेको छ । 

बस र चालक रामकुमार महत महानगरीय प्रहरी वृत्त थिमीको नियन्त्रणमा रहेको महानगरीय ट्राफिक प्रहरी नायब निरीक्षक विकल भट्टराईले बताए । 

भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको शैलुंगेश्वरी यातायातको बा४ख १९९१ नंको बस र भक्तपुरतर्फ आउँदै गरेको बा८५प ९९२८ नंको मोटरसाइकल अरनिको राजमार्गअन्तर्गत गठ्ठाघर चोकमा एकापसका ठोक्किएर दुर्घटना भएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ