arrow

विम्बल्डन टेनिसः महिलातर्फको उपाधि मुगुरुजालाई, पुरुषतर्फ फेडेरर र सिलिच भिड्दै

logo
प्रकाशित २०७४ साउन १ आइतबार
muguruja.jpg

लन्डन । यस वर्षको विम्बल्डन टेनिसको महिलातर्फको उपाधि स्पेनिस खेलाडी गार्बिने मुगुरुजाले जितेकी छिन् ।

शनिबार राति लन्डनमा भएको फाइनलमा ३७ वर्षकी पाकी अमेरिकन खेलाडी भेनस विलियम्सलाई हराउँदै मुगुरुजाले विम्बल्डन टेनिसको उपाधि जितेकी हुन् । 

यो हारले भने भेनसले लामो समयको अन्तरालपछि ग्रान्डस्लाम जित्ने सपनामा पानी फेरेकी छिन् । पहिलो सेटमा प्रतिस्पर्धात्मक खेलेकी भेनसले दोस्रो सेटमा निराशाजनक प्रदर्शन गरिन् । 

पाँच पटककी पूर्वविजेता भेनसविरुद्धको खेल मुगुरुजाले ७–५ र ६–० को सोझो सेटमा जितिन् । गत वर्ष फ्रेन्च ओपन टेनिस जितेकी मुगुरुजाको समग्रमा यो दोस्रो ग्रान्डस्लाम उपाधि हो ।

पुरुषतर्फको फाइनल खेल आइतबार राति हुँदैछ । उपाधिका लागि १८ पटकका ग्रान्डस्लाम विजेता स्वीस खेलाडी रोजर फेडेरर र क्रोएसियन यंगस्टार मारिन सिलिच भिड्दै छन् । 

The new champion, who is Spanish but was born in Venezuela, balances the trophy on her head after her victory today

The 37-year-old Williams looks dejected as her Spanish opponent holds the Wimbledon title on Centre Court

Muguruza overcame Williams in impressive fashion in front of an entertained Centre Court crowd

The Spaniard clinched her second Grand Slam title on Saturday following her triumph at the French Open in 2016

Muguruza celebrates after winning the highly anticipated final against Williams, who was searching for her sixth title

Mugurza and Williams embrace at the end of the final, which was won in an hour and 17 minutes

Williams made 10 unforced errors in the second set while her talented opponenet made just one



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ