arrow

प्रधानमन्त्री देउवाको स्वकीय सचिवमा जोशी

logo
प्रकाशित २०७४ साउन २ सोमबार
keshiv-raj-joshi.jpg

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो स्वकीय सचिवमा अधिवक्ता केशवराज जोशीलाई नियुक्त गरेका छन् ।  

यसअघि संसदीय दल हेर्ने गरी निजी सचिवको जिम्मेवारीमा रहेका जोशीलाई आइतबार प्रधानमन्त्री देउवाले स्वकीय सचिवमा नियुक्त गरेका हुन् । 

एक दशकभन्दा लामो समयदेखि वकालत पेशामा क्रियाशील जोशीलाई विशिष्ठ श्रेणीको सेवा सुविधा पाउने गरी नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ