arrow

एन्फाका चार गाडी गायव

logo
प्रकाशित २०७२ पुष २३ बिहिबार
अखिल-नेपाल-फुटबल-संघ-(एन्फा).jpg.jpeg
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विभिन्न मितिमा खरिद गरेका चारवटा गाडी एन्फाको स्वामित्वमै नरहेको तथ्य फेला परेको छ । एन्फाको पैसामा किनिएका ती गाडी एन्फाको नाममा नामसारी नगरी अन्यन्त्रै प्रयोग र पुनः किनबेच हुँदै आएको छ ।
 
अन्नपूर्ण पोस्टमा खबर छ-संसदको सार्वजनिक लेखा समितिमा बुझाएको लेखापरीक्षण प्रतिवेदनअनुसार एन्फाले २०६० यता ठूलो रकम खर्च गरेर चारवटा गाडी किनेको छ । एन्फाले खरिद गरेकामध्ये तीन गाडीको मात्रै एक करोड ३० लाख ४० हजार मूल्य पर्छ भने अर्को एक गाडीको मूल्य नखुलेको छ ।
 
ती गाडी खरिद गर्दा अनिवार्य रुपमा जारी गर्नुपर्ने सार्वजनिक सूचनासमेत गरिएको छैन । गाडी खरिदका विषयमा एन्फा कार्यसमितिको बैठकबाट निर्णय पनि गराईएको छैन । यी गाडी खरिदबिक्री गर्दा गणेश थापा एन्फाको अध्यक्ष थिए । उनी हाल भ्रष्टाचारको आरोपमा अन्तर्राष्ट्रिय फुटबल महासंघ -फिफा) द्वारा १० वर्षे प्रतिबन्धमा छन् । फिफाको निलम्बनसँगै उनी एन्फा जिम्मेवारीबाट पनि निलम्बित भएका छन् ।
 



लोकप्रिय समाचार
नयाँ