- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कञ्चनपुर । सरकारी कागजात किर्ते गरी अवैध रुपमा सवारी साधनको कारोबार गर्ने गिरोह पक्राउ परेपछि कञ्चनपुरका दुई सरकारी निकायबीच टसल सुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालय र यातायात कार्यालय बिच एक अर्कालाई आरोप प्रत्यारोप लगाउने कार्यले तीब्रता पाउँदै गएको छ ।
सरकारी कागजात किर्ते गरि सवारी साधन दर्ता गराएर अवैध कारोबार गर्ने गिरोहका गोकुलप्रसाद श्रेष्ठ र हिमाल जाशी पक्राउ परेपछि कञ्चनपुर प्रहरीले यातायातका कर्मचारीको संलग्नता हुनसक्ने आशंका गरको थियो । सोही घटनामा आफ्नो बचाउ गर्दै यातायात कार्यालय कञ्चनपुरले प्रहरीको कुराको खण्डन गरेको छ ।
यातायात व्यवस्था कार्यालय कञ्चनपुरका निमित्त कार्यालय प्रमुख हेमन्तबहादुर सिहले श्रेष्ठले आफूले श्रेष्ठ पक्राउ गर्न प्रहरीलाई निवेदन दिएको जिकिर गरेका छन् ।
असार १९ गते नै श्रेष्ठलाई कार्बाहीका लागि प्रहरीमा निवेदन दिएको निमित्त प्रमुख सिंहको भनाइ छ । उनले प्रहरीले सत्यतथ्य घटना लुकाउन खोजेको आरोप लगाएका छन् । श्रेष्ठले यातायात कार्यालयबाट गल्ती भएको भने स्वीकारेका छन् ।
यातायात र भन्सार कार्यालयका कर्मचारीको मिलोमतोमा सवारी साधन दर्ता गराएर बिक्री वितरण गरेको प्रहरीले आरोप लगाएको छ । सरकारी निकायका कर्मचारीकै मिलोमतोमा अवैध काम भएको सर्वसाधारणको आँकलन छ ।
विगतमासमेत यातायात कार्यालयले घुस लिने गरेकाले यातायात कार्यालयको मिलोमतो हुनसक्ने सर्वसाधारणको आशंका छ । विगतमा यातायात कार्यालयका कर्मचारीलाई घुस लिंदै गरेको अवस्थामा पक्राउ गरेकाले यातायातको संलग्नता रहन सक्ने आशंका बढेको भीनपा १८ का एक स्थानीयले बताए ।
स्थानीयले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कार्बाही गर्न माग गरेका छन् ।
घटनाबारे अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय कञ्चनपुरमा उजुरी परेको छ । उजुरीबारे छानबिन भईरहेको अख्तियारको कार्यालयले जनाएको छ । कञ्चनपुर प्रहरीले भने घटनाबारे अनुसन्धान भईरहेको जनाएको छ ।