arrow

एयर स्क्रिनबाट जालो फिल्म प्रदर्शन हुने, विश्व कीर्तिमानलाई आतुर

logo
प्रकाशित २०७४ साउन ४ बुधबार
jalo-movie.jpg

महेन्द्रनगर । अराज केशवको निर्देशनमा बनेको जालो नामक फिल्म महेन्द्रनगरमा पहिलो पल्ट एयर स्क्रिन (हावामा पर्दा) मार्फत् प्रर्दशन हुने भएको छ । 

अराज केशव फिल्म प्रालीद्वारा निर्माण गरिएको उक्त फिल्म वन स्किन सट प्रविधिबाट निर्माण गरिएकोले विश्व कीर्तिमान राख्न सफल हुने निर्देशक अराज केशवले बताए । 

एकचोटी क्यामेरा अन गरेपछि लगातार करिब ४ घण्टासम्म सुटिङ्ग गरिएकोले समेत उक्त फिल्मको महत्व बढी हुने उनको जिकिर छ ।

 शनिबार महेन्द्रनगरको स्थानीय पार्कमा प्रर्दशन हुने फिल्मको १ सय रुपैयाँ शुल्क तोकिएको छ । अरुलाई विभिन्न जालो हालेर आफ्नो स्वार्थ पूरा गर्ने परिपाटीमा जालो  फिल्म कथानक आधारित रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ