arrow

आइसीसी एसिया यू–१९ क्रिकेटः नेपाल १९१ रनको लक्ष्य पछ्याउँदै, अफगानिस्तान १९० मै अलआउट

logo
प्रकाशित २०७४ साउन ५ बिहिबार
u-19-cricket.jpeg

पदाङ । सिंगापुरको पदाङमा भइरहेको आइसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेटको तेस्रो खेल विजयका लागि नेपालले १९१ रनको लक्ष्य पछ्याउँदै छ ।

पेदाङ रंगशालामा भइरहेको खेलमा नेपालले टस जितेर फिल्डिङ गरे पनि सुरुवातमा विकेट लिन नसके पनि पछिल्ला विकेट भने निकै सजिलै लिएको थियो । कसिलो बलिङ गर्न सकेको छैन । अफगानिस्तानले ७५ रन जोड्दा पहिलो विकेट गुमाए पनि त्यसपछि लगातार विकेट लियो । 

अफगानिस्तान ४९.४ ओभरमा अलआउट भयो । इब्राहिम जद्रानले सबैभन्दा बढी ४३ रन बनाए । नेपालका लागि शहाब आलमले ३ तथा पवन सर्राफ र कप्तान सन्दिप लामिछानेले २–२ विकेट लिए । 

सन्दिपले ३ खेलमा १२ विकेट लिइसकेका छन् । 

दुबै टिमले यसअघिका खेलमा सिंगापुर र मलेसियालाई हराएका छन् । हेड टु हेडमा अफगानिस्तान हावी भए पनि यो खेलमा नेपालले राम्रो बलिङ गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ