- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एमाले उपाध्यक्ष भीम रावलले काँग्रेस सभापति शेरबहादुर देउवाको सरकार काम नगरी सुतिरहेको आरोप लगाएका छन् । उपाध्यक्ष रावलले व्यवस्थापिका संसद बैठकमा बोल्दै वर्तमान सरकार गठन भएको दुई महिना वित्न लाग्दा समेत आगामी प्रदेश र केन्द्रको निर्वाचनका लागि कुनै तयारी नगरेको भन्दै सुतेकै सरह भएको आरोप लगाए ।
उनले भने, ‘आफुहरुले कयौँ पटक भन्दा पनि बल्ल प्रदेश र केन्द्रको निर्वाचन कानुनको मस्यौदा संसदको कार्यसूचीमा देख्न पाइयो । अझै राष्ट्रसभाको निर्वाचन कानुनको मस्यौदा कहिले बन्ने हो थाहा छैन ।’ उनले तत्कालीन केपी ओलीको सरकार ढालेर आलोपालो सरकार चलाउने ‘चरण–चरणको’ गठबन्धन भएको बताए । उनले चरण–चरणको गठबन्ध शब्द पटक–पटक दाेहोर्याए ।
निर्वाचनमा पनि चरण–चरणमा जान मन पराउने चरण–चरणको गठबन्धनले निर्वाचन क्षेत्र निर्धारण आयोग किन बनाउँदैन ? –रावलले प्रश्न गरे । यस्तै, सरकारले संविधान संशोधनको विषय झिकेर स्थानीय तहलाई काम गर्ने वातावरण बनाउन आलटाल गरेको भन्दै रावलले यो ढिलासुस्ती जनमतविरुद्ध छ, भने ।
उनले जनतालाई अधिकार सम्पन्न बनाउन संघीयता कार्यान्वयन गर्नु पर्नेमा सरकार उल्टै जनप्रतिनिधिका अधिकार कटौती गर्न तिर लागेको रावलको आरोप छ । उनले पुष्पकमल दाहाल सरकारलाई पहिलो चरण र देवा सरकारलाई दोस्रो चरणको गठबन्धन भने ।