arrow

प्रदेश २ मा सय तह जित्ने रणनीतिमा कांग्रेस

logo
प्रकाशित २०७४ साउन ५ बिहिबार
congress-flag2.jpg

काठमाडौं । स्थानीय तहको दुई चरणको निर्वाचनमा दोस्रोस्तरमा झरेको काँग्रेसले तेस्रो चरणको निर्वाचनबाट पुनःपहिलो पार्टी बन्ने रणनीतिक योजना अघि सारेको छ ।

काँग्रेसले आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पार्टीको तयारी गर्न बोलाएको प्रदेश नं २ को भेलाका बारेमा प्रकाश पार्दै नेता विमलेन्द्र निधिले आगामी निर्वाचनबाट काँग्रेस पहिलो पार्टी बन्ने बताए ।

पहिलो र दोस्रो चरणको निर्वाचनमा काँग्रेस एमालेभन्दा ५० तहमा पछि परेको भन्दै नेता निधिले पहिलो बन्नलाई प्रदेश नं २ का कुल १ सय २७ तहमध्ये सय तहमा काँग्रेसले जित्नैपर्ने धारणा राखे।

प्रदेश नं २ को निर्वाचनको तयारीका लागि पर्याप्त समय भएको भन्दै उनले यस बीचमा समयमै उम्मेदवार चयन, प्रचारप्रसार र असन्तुष्ट कार्यकर्ताको माग सम्बोधन गर्न सकिने बताए ।

प्रदेश नं २ का सप्तरी र सिराहाबाहेक छ जिल्लाका ९६ तहमध्ये १९ तहमा मात्रै एमालेको प्रभाव रहेको आँकलन गर्दै काँग्रेसले त्यस्ता तहमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी नेपाललगायत दलसँग चुनावी तालमेल गर्न सकिने निष्कर्ष निकालेको छ ।

नेता निधिले विगतमा तयारी नपुगेका कारण कतिपय स्थानमा अन्य पार्टीसँग चुनावी तालमेल गरेर पनि विजय हासिल हुन नसकेको सन्दर्भ उल्लेख गर्दै आगामी दिनमा तयारी र सुझबुझका साथ तालमेल गर्न सकिने धारणा राखे ।

भेलामा प्रदेश नं २ का आठवटै जिल्लाका पार्टीका केन्द्रीय सदस्य, जिल्ला सभापति, सांसद, पूर्वसांसद, जिल्ला सभापतिका निकटतम प्रतिस्पर्धी, क्षेत्रीय सभापति र संविधानसभा सदस्य निर्वाचन २०७० का प्रत्यक्षतर्फका उम्मेदवारका प्रत्यासी सहभागी छन् ।  

शुक्रबारसम्म छलफल हुने सो कार्यक्रममा आठवटै जिल्लाका आठ समूह बनाएर उम्मेदवार सिफारिस, प्रचारप्रसार र अन्य दलसँगको चुनावी तालमेल सम्बन्धमा छुट्टाछुट्टै र सामूहिक छलफल गरी निष्कर्ष निकालिने पार्टी कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ