arrow

कार्यदलको बैठक फेरि ‘सकारात्मक’ !

परिणाम खै ?

logo
प्रकाशित २०७२ पुष २३ बिहिबार
morcha-sarkar-barta.jpg.jpeg
काठमाडौं । तीन दल र मधेसी मोर्चा सम्मेलित मधेस समस्या समाधान कार्यदलकोे बैठक सकिएको छ । बैठकमा समस्या समाधानबारे सकारात्मक छलफल भएको नेताहरुले बताएका छन् । संसद सचिवालय सिंहदरबारमा बसेको बैठकमा सकारात्मक छलफल भएको कार्यदल सदस्य एवं कांग्रेस सांसद महेश आचार्यले जानकारी दिए । हाम्रा कुरासंग उनले भने,‘बैठक साँझ फेरि बस्ने सम्भावना छ ।’ म धेरै लामो कुरा गर्न सक्दिन ।
 
आचार्यले हतारो जनाउँदै परिणाम बारे केही भनेनन् । चरणवद्ध छलफलको परिणामबारे कुनै संकेत देखिएको छैन । संसदका विभिन्न समिति चलाईरहेका नेताहरुको अनुभवमा कार्यदल र समिति चाँडै समस्या समाधान गर्ने मार्ग होइन । उनीहरु भन्छन्,–छलफल लम्बिने र समस्या रहिरहने प्रवृत्तिको अन्त्य कार्यदल र समिति होइन ।    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ