arrow

बीपी स्मृति दिवसः बीपीको मेलमिलापको नीतिको चर्चा, समस्या उस्तै

logo
प्रकाशित २०७४ साउन ६ शुक्रबार
bp-koirala.jpeg

काठमाडौं । नेपाली काङ्ग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३५ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी शुक्रबार मनाइँदै छ ।

स्मृति दिवसको अवसर पारेर नेपाली काङ्ग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गर्दैछन् । काँग्रेसले बीपी संग्रहालय सुन्दरीजलमा विशेष कार्यक्रम गर्दैछ । 

बीपीको १९७१ साल भदौ २४ गते भारतको वनारसमा जन्म भएको थियो भने २०३९ साल साउन ६ गते क्यान्सरबाट निधन भएको थियो ।

जीवनभर प्रजातन्त्रका लागि लडेका बीपी शालीन, सुझबुझ र गम्भीर चिन्तन, अदम्य साहसी नेता थिए । उनी भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागी भई भारतीय नेताहरूसँगै जेल परेका थिए ।

नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतीक मानिने बीपी तत्कालीन नेपालमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल राजनीतिक व्यक्तित्वका रूपमा समेत चिनिन्थे ।

२०३४ सालमा मेलमिलापको नीति लिएर नेपाल फर्किएका बीपीले त्यसपछि भने सम्पूर्ण राजनीतिक दलको नेता बन्ने अवसर पाए । 

मेलमिलापको नीतिको चर्चा गैर काँग्रेसी नेताले पनि गर्छन् । तर काँग्रेसभित्रै गुटको राजनीति भइरहँदा यो हाँस्यास्पदजस्तै लाग्छ । 

बीपी साहित्यमा पनि धुरन्धर मानिन्छन् । राजनीतिमा शालीन मानिने बीपी साहित्यमा भने अराजक थिए । उनका सुम्निमा, मोदी आइन्, बाबु, आमा र छोरा, नरेन्द्र दाइ, तीन घुम्ती तथा हिटलर जस्ता चर्चित उपन्यासहरू नेपाली साहित्यमा अझै पनि चर्चाकै शिखरमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ