arrow

दुर्गम जनताप्रति गर्नसक्ने सम्पूर्ण सहयोग गर्न तयार छौँः नेपाली सेना

logo
प्रकाशित २०७४ साउन ६ शुक्रबार
army-copy.jpeg

डोल्पा । नेपाली सेना  डोल्पाका दुर्गम क्षेत्रमा सामाजिक गतिविधिमा  सक्रिय भएको छ । 

वर्षात्को समयमा बाढी  पहिरोले बाटोघाटो भत्काउने र आवागमनलाई समेत  ठप्प पार्ने  हुँदा बाटो खुलाउनेसम्म कार्यदेखि  व्यक्ति बिरामी पर्दा प्रथमिक उपचार गर्ने देखी बिरामीलाई अस्पताल सम्म पुर्याउने कार्यमा सक्रिय हुन थालेको हो।

गत मंगलबार  सदरमुकाम  दुनेदेखी   मेलसरा हुदैँ उपल्लो डोल्पासम्म जान प्रयोग हुने  काठेपुल बाढीले  भत्काए थियो । भत्कीएका काठेपुलहरुलाई  निकुञ्ज सुरक्षार्थ खटिएका कालीदत्त गुल्मले निर्माण गरेको गुल्म पती भगवान थापामगरले जानकरी दिए।  पुल भत्कीए सगैँ डोल्पा बासीलाई आवत जावतमा समस्या परेको थियो। गुल्मपती थापा मगरले भने  “यसै पनि हामी राष्ट्र सेवक हौँ, आपत्विपत्मा सहयोग गर्नु हाम्रो दायित्वभित्र पर्छ, हामीलाई जति धेरै जनताको सेवा गर्ने अवसर मिल्छ हामी त्यति नै खुशी हुन्छौँ”  

त्यस्तै  एक साता अगाडी ठूलोभेरीको बवावले जोखिममा पारेको  सलीगड नजिकै पर्ने जुफालखन्डको बाटो समेत सेनाको प्रयासमा निर्माण भएको थियो। जिल्लामा सेनाको अगुवाइमा वृक्षरोपण, सरसफाइ, सडक निर्माण, विपत्को समयमा उद्धारदेखि थुप्रै प्रकारका असहजता समाधान गर्ने प्रयास गरिरहेकाले डोल्पालीले सेनालाई आभार प्रकट गरेका छन् । 

जिल्लामा सेनाले आफ्नो काममात्रै पूरा नगरी अनवरतरुपमा सामाजिक कार्यमा संलग्न रहेर काम गर्दै आएकाले सेना साँच्चीकै दुःखी असहायको सहारासमेत भएको त्रिपुरासुन्दरी नगरपालिकाका लोकेश खत्रीले बताए । सेनाकै प्रयासमा अबको एक वर्षभित्रै डोल्पामा मोटरबाटो पुगेर डोल्पालीको वर्षौंदेखिको सपना साकार हुन लागेकामा खत्रीले खुशी व्यक्त गरे । दुर्गम जनताप्रति सेनाले गर्नसक्ने सम्पूर्ण सहयोग गर्न तत्पर रहेको सेनाले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ