arrow

आईकाओले सुरक्षा चासो सूचीबाट नेपालको नाम हटायो 

logo
प्रकाशित २०७४ साउन ६ शुक्रबार
ICAO.jpg

काठमाडौं । झण्डै चार वर्ष पछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले नेपाललाई सुरक्षा चासोको सूचीबाट हटाएको छ । यद्यपि युरोपियन युनियनले भने नेपाललार्इ कालोसूचीबाट अझैसम्म पनि हटाएको छैन । सन् २०१३ देखि गम्भीर सुरक्षा चासो (एसएससी) सूची राखेको नेपाललाई बिहीबार औपचारिक रुपमा कालोसूचीबाट हटाएको हो । 

नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले नेपाल उक्त सूचीबाट हटेसँगै अब नेपालमा पर्यटन प्रवद्र्धनमा उल्लेख्य सहयोग पुग्ने बताए । आईकाओले सुरक्षा चासोको सूचीमा राखेपछि युरोपियन युनियनले पनि कालोसूचीमा राखेको थियो । 

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उड्ययन प्राधिकरणका महानिर्देशक सञ्जीव गौमतले नागरिक उड्डयन संगठनको गम्भीर सुरक्षा चासो सम्परीक्षण समितिले बिहीबार मुख्यालय क्यानडामा बैठक गरी नेपाललाई गम्भीर सुरक्षा चासोबाट हटाउने निर्णय गरेको बताए । उनले अब आईकाओले दिएको प्रतिवेदन सहित थप केही कागजात युरोपियन युनियन समक्ष पेश गरेपछि उसले पनि कालोसूचीबाट हटाउने बताएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ