arrow

एमाले अध्यक्ष ओली तिब्बत प्रस्थान

logo
प्रकाशित २०७४ साउन ७ शनिबार
kp-oli-new.jpg.jpeg

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली साताव्यापी भ्रमणका लागि शनिबार चीनको तिब्बततर्फ प्रस्थान गरेका छन् ।

अध्यक्ष ओली धार्मिक तथा पर्यटकीयस्थल कैलास मानसरोबरको भ्रमण र तिब्बत स्वशासित क्षेत्रको स्थानीय तहको अध्ययनका लागि त्यसतर्फ गएका हुन् । उनले त्यहाँ चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग पनि अनौपचारिक भेटवार्ता गर्ने केन्द्रीय सदस्य हिक्मत कार्कीले बताए ।

यसैबीच अध्यक्ष ओलीको अनुपस्थितिमा उपाध्यक्ष बामदेव गौतमलाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ