arrow

ओली फुर्सद मनाउन नै गएका होलान् त चीन ?

logo
प्रकाशित २०७४ साउन ७ शनिबार
KP_china.jpg

काठमाडौ । एमाले अध्यक्ष केपी शर्मा ओली चीनको तिब्बत प्रस्थान गरेका छन् । ओली फुर्सद मनाउन भन्दै एक साताको समय निकालेर चीनको तिब्बततर्फ प्रस्थान गरेका हुन् । उनलाई त्रिभुवन विमानस्थलमा विदाई गर्न गएका महासचिव ईश्वर पोखरेलले भने, ‘उहाँ नितान्त निजी भ्रमण तथा तीर्थ यात्रामा निस्कनु भएको हो ।’

ओली धार्मिक तथा पर्यटकीयस्थल कैलास मानसरोबरको भ्रमण र तिब्बत स्वशासित क्षेत्रको स्थानीय तहको अध्ययनका लागि त्यसतर्फ गएका महासचिव पोखरेलले बताए । उनले तिब्बत भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग पनि अनौपचारिक भेटवार्ता गर्न सक्ने बताइएको छ ।

चिनिया राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा ओली चीन भ्रमणमा निस्केको चर्चा भइरहेका बेला महासचिव पोखरेलले हाँस्दै भने,  ‘तिब्बत पनि चीनै त हो नि ! तर, चीन भनेर बेइजिङ जाने कार्यक्रम भने होइन ।’ मानसरोबरकै लागि नितान्त निजी भ्रमणमा निस्कनु भएको हो ।

महासचिव पोखरेलले ओली उत्तरी छिमेकतिर लाग्नुको आवश्यकताबारे भने त्यति खुलेर कुरा गरेनन् । उनले भने, ‘अहिले दुई चरणको चुनाव सकिएको छ । तेस्रो चरणको चुनावको मारामार पनि छैन । फुर्सद भयो । फुर्सदको समय उपयोग गर्न जानु भएको हो ।’

मै विमानस्थलमा विदाइ गर्न गएको हुँ । तर, राजनीतिक र कुटनीतिक भेटबारे त अध्ययक्षले केही भन्नु भएन, महासचिव पोखरेलले भनेका छन्  । यद्यपि, ओलीको तिब्बत भ्रमणले अर्थ राख्ने जानकारहरुको भनाई छ । भ्रमणबारे आउटलाइ पाएकाहरुले ओलीले चिनिया कम्युनिष्ट पार्टीका बरिष्ठ नेताहरुसँग ओलीले भेट गर्ने कार्यक्रम रहेको बताएका छन् ।

विमानस्थलमा विदाई गर्न गएका नेता विष्णु रिमालले आफु भ्रमणबारे त्यति जानकार नभएको बताए । एमालेकै नेताहरुले ओली बेइजिङसम्म नपुग्ने भनेपछि चिनियाँ नेताहरुसँगको भेट ल्हासामा हुने सम्भावना छ ।

कृष्णबहादुर महरा परराष्ट्रमन्त्री भएपछि नेपालमा चिनियाँ बैँकको शाखा स्थापना हुने भनिएकामा त्यसो हुन नसकेको भन्दै चिनियाँ अधिकारीहरुलाई पीर परेको छ । भारतले नेपालमा चिनियाँ बैंकको शाखा विस्ता नगर्न दबाब दिइरहेका बेला चिनियाँ नेताहरुले ओलीसँग आगामी रणनीतिका विषयमा कुरा गर्नसक्ने बताइँदै छ । ओलीलाई विदा गर्न एमालेका नेताहरु र चिनिया राजदूतावासका अधिकारीहरु समेत विमानस्थल पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ