arrow

पत्रकार मल्लमाथि भेदभाव, उचित उपचार गर्नु त कता हो नियन्त्रणमा पो ! 

logo
प्रकाशित २०७४ साउन ८ आइतबार
chhakka-bahadur-malla.jpg

काठमाडौं । नेपाल प्रेस युनियनले नेपाल प्रेस युनियन बाजुरा शाखाका अध्यक्ष तथा नेपाल पत्रकार महांसंघ बाजुरा शाखाका पुर्व उपाध्यक्ष एवं ईमेज च्यानल टेलिभिजन बाजुरा सम्बाददाता छक्कबहादुर मल्लमाथि राजनीतिक प्रतिशोध साँधी दायर गरिएको मुद्धामा प्रहरी प्रसासनले बिषयको गहिराईमा नपुगी नियन्त्रणमा लिएको घटनाले अत्यन्तै रुष्ट भएको जनाएको छ । 

युनियनले विज्ञप्ति जारी गरी असारको अन्तिम साताको विहिवार दिउँसो बुढीनन्दा नगरपालिकाको पोरखेको ओरालोमा आफूलाई एमालेका कार्यकर्ता बताउने केही व्यक्तीको सामुहिक आक्रमणबाट घाइते भएका मल्लको उचित उपचार समेत हुन नपाउँदै उनलाई नै नियन्त्रणमा लिने घटनाको युनियन कडा शब्दमा विरोध जनाएको हो । 

युनियनले भनेको छ ‘मल्ललगायत बुढीनन्दा नगरपालिकाका कार्यकारी अधिकृत चन्द्रबहादुर शाही ,सोही नगरपालिकाका कर्मचारी पदमबहादुर विष्ट, रुद्र मल्ल, मनलाल बडुवालमाथि आक्रमण गर्नेलाई प्रहरीले नियन्त्रणमा लिए लगत्तै आक्रमणकारीकै योजनामा बनाइएको फर्जी घटनाको उजुरीका आधारमा मल्ललाई नै थप पीडा पुर्‍याउने कार्य प्राकृतिक न्यायको सिद्धान्त विरुद्ध मात्र हैन विषयको गहिराइमा नपुगी मल्ललाई नियन्त्रणमा लिने कार्य कानुनी राजको खिल्ली उडाउने कार्य भएको युनियनको ठहर छ।’
 
स्थानिय तहको निर्वाचनपछि वाजुरामा देखिएको केहि गैरराजनीतिक प्रवृतीकै निरन्तरताको रुपमा देखिएको घटनालाई प्रहरीको यो घटनाले थप बल दिएको छ। 

युनियनले विज्ञप्तिमा अगाडि जोड्छ ‘करिव ३ साता अघी छेडेदह गाउँपालिकाबाट समाचार संकलन गरी मार्तडी फर्कने क्रममा पत्रकार देबेन्द्र नाथमाथि भएको आक्रमण र सो घटनाका दोषीलाई कारवाही नहुँदै पत्रकार मल्लमाथि आक्रमण गरि ज्यान लिने प्रयास हुनु र उनलाई नै संगीन आरोप लगाई नियन्त्रणमा लिने कार्य राजनीतिक आवरणमा सत्यको मुख थुन्ने प्रयासको रुपमा युनियनले लिएको छ।’

 यो घटनाले बाजुराका पत्रकार, नागरिक, कर्मचारी सबैमा भयको मनोविज्ञान सिर्जना समेत गर्न खोजिएको भन्दै युनियनले ‘स्वतन्त्र रुपमा आवागमन गर्न पाउने नागरिकको नैसर्गिक अधिकारको हनन गर्दै सञ्चार माध्ययमा कार्यरत पत्रकारमाथि भएको यो आक्रमण र षडयन्त्रको जति निन्दा गरेपनि कमै हुन्छ’ भनेको छ ।

आक्रमणमा घाइते भएका पत्रकार मल्लको सुविधासम्पन्न स्वास्थ्यसंस्थामा उचित उपचारका लागि आवश्यक व्यवस्था मिलाउन स्थानिय प्रहरी प्रसासनसँग माग गर्दै उनी विरुद्ध लगाइएको झुटा मुद्धा खारेजको लागि प्रेस युनियनले जोडदार माग गरेको युनियनका महासचिव अजयबाबु शिवाकोटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

मल्लको ज्यान लिने आपराधिक उद्धेश्यका साथ आक्रमण गर्नेहरुलाई बचाउने उद्धेश्यले स्वयं आक्रमणकारीहरुकै योजनामा दायर गरिएको फर्जी मुद्धाका सन्दर्भमा समेत न्यायिक छानविन गरि दोषीहरुलाई कार्वाहीको लागि युनियनले सम्वन्धित पक्षसँग जोडदार माग गरेको छ । 

युनियनले सरोकारवाला पत्रकारका संस्थाहरुलाई पनि यस विषयमा प्रष्ट धारणाका साथ पिडित पत्रकार मल्लको पक्षमा उभिन युनियन आह्वान गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ