arrow

यू–१९ विश्वकप छनौट क्रिकेटः नेपाल र मलेसिया मैदानमा

टस जितेर नेपाल फिल्डिङमा

logo
प्रकाशित २०७४ साउन ९ सोमबार
u-19-nepal-cricket.jpg

सिंगापुर । सिंगापुरमा भइरहेको यू–१९ विश्वकप छनौट क्रिकेट प्रतियोगिताको एसियाली समूहको खेलमा सोमबार नेपालले मलेसियासंग खेलिरहेको छ । 

खेलमा टस जितेर नेपालले फिल्डिङ गरिरहेको छ । 

यसअघिका चारमध्ये तीन खेलमा जित हासिल गर्दै दोस्रो स्थानमा रहेको नेपाललाई विश्वकपमा छनोट हुने सम्भावना कायम राख्न मलेसियामाथि भारी अन्तरको जित आवश्यक छ । 

नेपालले यसअघि सिंगापुरलाई दुई पटक र मलेसियालाई एक पटक हराए पनि अफगानिस्तानसंग भने पराजित हुनुपरेको थियो । 

सोमबारको अर्को खेलमा अफगानिस्तान र सिंगापुर भिडिरहेका छन् । सत्प्रतिशत नतिजासहित अफगानिस्तान भने शीर्ष स्थानमा छ । 

नेपालले अन्तिम खेल मंगलबार अफगानिस्तानसंग खेल्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ