arrow

महिला विश्वकप क्रिकेटको उपाधि इङल्याण्डलाई, भारत ९ रनले पराजित 

logo
प्रकाशित २०७४ साउन ९ सोमबार
world-cup-women-final-england.jpeg

लन्डन । महिला विश्वकप क्रिकेटको उपाधि चौथो पटक इङल्याण्डले जितेको छ ।

आइतबार राति लन्डनमा भएको फाइनल खेलमा भारतलाई ९ रनले हराउँदै इङल्याण्डले उपाधि जितेको हो ।

२२९ रनको लक्ष्य पछ्याएको भारतले ४८.४ ओभरमा २१९ रनमात्रै बनाएर अलआउट भयो । 

भारतका लागि २८ वर्षीया ओपनर पुनम राउतले ८६ तथा हरमनप्रित कौरले ५१ रन बनाइन् । 

१९६ रन बनाउँदासम्म ४ विकेटमात्र गुमाएको भारतले त्यसपछि भने लगातार विकेट गुमाउँदा हारको सामना गर्नुपरेको हो । 

प्लेयर अफ द फाइनल एन्या श्रब्सोलले ६ विकेट लिइन् । 

यसअघि पहिले ब्याटिङ गरेको इङल्याण्डले ७ विकेटको नोक्सानीमा २२८ रन बनाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ