arrow

दुर्घटना भएको मनाङ एयरको पार्टपुर्जा काठमाडौँ ल्याइयो

logo
प्रकाशित २०७४ साउन ९ सोमबार
manang-air.jpg

रसुवा । जेठ २७ गते गोसाइँकुण्डको हेलिप्याडमा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टरका सबै पार्टपुर्जा काठमाडौँ ल्याइएको छ ।

मनाङ एयरका उडान प्रबन्धक रोम श्रेष्ठका अनुसार स्थलगतरुपमा मर्मत गर्न नसकिने भएपछि सो हेलीकप्टरलाई दुई भाग गरी श्री एयर कम्पनीको एमआई हेलिकप्टरमा झुण्ड्याएर काठमाडौँ लगिएको हो ।

छजना तीर्थयात्री बोकेका सो हेलिकप्टर अवतरणका क्रममा पछाडिको भागमा रहेको टेलरोटर ठोक्किएर दुर्घटना भएको थियो ।

एकपटकमा उठाउन नसक्ने भएपछि वरिष्ठ हेलिकप्टर चालक हिरा दाहालको नेतृत्वमा गएको प्राविधिक टोलीले हेलिकप्टरका पार्टपुर्जालाई दुई माग गरी छुट्टाछुट्टै झुन्ड्याएर लगिएको उडान प्रबन्धक श्रेष्ठले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ