arrow

अब प्रधानन्यायाधीसले बिदाको दिन पनि इजलास तोक्नसक्ने

शुक्रबार ४ बजेसम्म सर्वाेच्च अदालत खुल्ला

logo
प्रकाशित २०७४ साउन ९ सोमबार
suprem-court.jpeg

काठमाडौं । सर्वाेच्च अदालतको नियमावली परिमार्जन भएको छ । अदालतको पूर्ण बैठकले सोमबार सर्वाेच्च अदालत नियमावली २०७४ पारित गरेको छ । यस अघि २०४९ सालको नियमावली समय सापेक्ष नरहेको देखिएपछि नयाँ नियमावली ल्याईएको सर्वाेच्चले जनाएको छ ।

अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्ययले जारी गरेको विज्ञप्तीमा नियमावलीका मुख्य १३ बुँदा उल्लेख गरिएको छ । जसमा अदालतको नियमित कार्यको अतिरिक्त अन्य समयमा र अदालत बन्द रहने वा सार्वजनिक विदाको दिनमा समेत अदालत खुल्ला रहनेगरी वा इजलास बस्नेगरी प्रधानन्यायाधीसले तोक्न सक्ने व्यवस्थादेखि मुख्य रजिष्ट्रारको काम कर्तव्य र अधिकार समेत उल्लेख गरेको छ । 

सर्वाेच्चले अब शुक्रबार पनि ४ बजेसम्म अदालतको काम गर्ने निर्णय पनि गरेको छ । यस्ता छन् सर्वाेच्चले पारित गरेको नयाँ नियमावली । 

No automatic alt text available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ