arrow

साझा पार्टी र विवेकशीलबीच एकता हुँदै, कार्यकारी अधिकार कुनै व्यक्तिमा नरहने

logo
प्रकाशित २०७४ साउन १० मंगलबार
sajhaparti.jpg

काठमाडौं । पत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली दलबीच एकता हुने भएको छ । वुधबार काठमाडौंमा विशेष कार्यक्रम गरी पार्टी एकताको घोषणा हुन लागेको हो ।

मंगलबार साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्य र विवेकशील पार्टीका प्रवक्ता रमेश पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी एकता घोषणाको जानकारी दिए ।

विवेकशीलका प्रवक्ता पौडेलले हाम्राकुरासँग भने, ‘सैद्धान्तिक सहमति भइसकेको छ । सांगठनिक संरचनाबारे छलफल भइरहेको छ ।’

वुधबार पार्टी एकता घोषणा हुने र त्यसपछि छुट्टा–छुट्टै टास्कफोर्स गठन गरेर पार्टीको विधान, घोषणापत्र लगायत तयारी गर्ने उनले बताए ।

उनले भने, ‘महाधिवेशनसम्म ५१ सदस्यीय भन्दा बढीको केन्द्रीय समिति नबनाउने सहमति भएको छ ।’ नेतृत्व कलेक्टिभ मोडलमा हुने पनि प्रवक्ता पौडेलले जानकारी दिए । उनले अगाडि भने, ‘कार्यकारी अधिकार व्यक्तिमा नभई समूहमा रहनेछ ।’ प्रारभ्मिक सम्झौता भइसकेको छ । हामीसँग नागरिक समाजका प्रवुद्ध व्यक्तिहरुलाई रहनु हुनेछ, उनले भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ