arrow

मालपोत कर्मचारी ८० हजार धुस लिदा लिदै पक्राउ

logo
देबेन्द्र नाथ,
प्रकाशित २०७४ साउन ११ बुधबार
bajura-ghus.jpg

बाजुरा। बाजुरा जिल्ला मालपोतकार्यालयबाट खटाइएका प्राविधिक कोपिल राज गिरी पक्राउ परेका छन् । गिरी बुधबार विहान पुजा ब्रेक फास्ट  एण्ड खाजा घरबाट ८० हजार रुपैया घुस लिदा लिदै पक्राउ परेको बताइएको छ । गिरीले मुक्त हलिया पुर्रस्थापना कार्यक्रम अन्तर्गतको घर मर्मत कार्यक्रम बाट कमिसन बाफतको घुस लिदै गर्दा प्रहरीले सुराकिको आधारमा रंगीहात पक्राउ गरेको प्रहरी निरीक्षक जगदिश भट्टले बताए ।

 चिया खाने बाहाना बनाएर गिरी मुक्त हलिया अगुवा गोरख सार्किबाट घुस लिदै गर्दा प्रहरी सहित पत्रकारको टोलि पुगेको थियो र सोही अवस्थामा घुस लिनेर दिने दुबै जनालाइ प्रहरीले नियन्त्रण्मा लिएको हो । घुस लिने शार्किले प्रतेक ब्यक्तिबाट संकलन गरेको रकम एक मुस्ट दिन खोजेको खुलासा भएको हो । सार्किकै योजना अनुसार कमिसन माग्ने कमचारी फसाउनेगरी मुक्त हलियाको घर मर्मत बाफतको ब्यक्तिबाट चेक संकलन गर्न लगाएर एक मुस्ट दिन खोजेको बताएको छ ।

जिल्लाका सविका १० गाविसमा मुक्त हलिया पुर्नस्थापनाका लागी ५ करोड ४० लाख रुपैया आएको थियो  । प्रति परिवार १ लाख २५ हजारका दरले ४३२ घर परिवारका लागी उक्त रकम आएको बताएको छ । रकम १ हजार प्रति ब्यक्ति बाट घर मर्मत पुर्वनै लिई सकेको पक्राउ परेका सभ ओभरसेयिर गिरीले स्वीकार गरेका छन्  ।

 मालपोत कार्यालयका कर्यालय प्रमुख गिरीले तिन हजारको चेक काट्न भनेर कागचमा चिट लेखेर दिएको प्रमाण समेत फेला परेको प्रहरीले बताएको छ । घर मर्मत गर्नका लागी कार्यालयले कोपिलराज गिरी हंश नेपाली र देबेन्द्र शाहीलाइ काममा खटाएको बताएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ