arrow

प्रधानमन्त्रीको निर्देशन अवज्ञा गर्दै कर्मचारीको ‘जम्बो टोली’ लाग्यो इटालीतिर 

logo
प्रकाशित २०७४ साउन १२ बिहिबार
plane-air.jpeg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन लत्याउँदै सिँचाइ मन्त्रालयका सचिवसहितको ‘जम्बो टोली’ तालिम तथा अवलोकन भ्रमणका लागि इटाली पुगेको छ। 

इटालीको टुसिया विश्वविद्यालयद्वारा आयोजित ‘सस्टेनेवल इरिगेसन विथ इम्फासिस् अन माउन्टेन इरिगेसन सिस्टम’ विषयक १४ दिने तालिम तथा अवलोकन कार्यक्रममा सहभागी हुन एकै मन्त्रालयका ३७ कर्मचारी त्यसतर्फ गएका हुन्।

इटालीमा साउन ८ देखि सुरु उक्त कार्यक्रम २१ गतेसम्म सञ्चालन हुने छ। ७ दिने तालिम र सात दिने अवलोकनका लागि छुट्याइएको छ।

ती सबै कर्मचारी एसियाली विकास बैंक र विश्व बैंकबाट नेपाललाई प्राप्त हुने अनुदान सहयोग रकमबाट खर्च व्यहोर्ने गरी इटाली गएका हुन् । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ