arrow

जनैपूर्णिमाको दिन गरिने ३ कर्म मात्रै सर्‍यो पञ्चमीमा, गोसाईँकुण्ड मेला २३ गते

logo
प्रकाशित २०७४ साउन १२ बिहिबार
gosaikunda.jpg

काठमाडौं । पछिल्लो समय जनैपूर्णिमा नागपञ्चमीको दिन परेको भन्ने विषयमा नेपाल पञ्चांग निर्णायक समितिले भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ । पूर्णिमा कहिलैपनि पञ्चमीको दिन नपर्ने भन्दै समितिले पूर्णिमाको दिन ग्रहण लाग्ने भएकोले सो दिन गर्न नहसने केही काम पञ्चमीको दिन गर्नुपर्ने स्पष्ट पारेको हो । 

समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले यो वर्षको जनैपूर्णिमाका दिन अर्थात् साउन २३ उपाकर्म, ऋषी तर्पणी र रक्षाबन्धन जस्ता कर्महरु मात्रै गर्न नहुने स्पष्ट पारे । बुधबार बिहान हाम्राकुराका प्रतिनिधिहरुसँगको भेटमा अध्यक्ष गौतमले अहिले बजारमा आएका सूचनाहरुले धेरैलाई अन्योल बनाएको भन्दै संक्रान्ति र ग्रहण लागेको दिन माथि उल्लेखित ३ कार्यहरु नगर्नु भन्ने शास्त्रीय मान्यता रहेकोले शास्त्रले दिएको निर्देशानुसार नै नागपञ्चमीको दिन यी तीन कार्य गर्न सुझाव दिईएको स्पष्ट पारे । जनैपूर्णिमाको दिन संक्रान्ति र ग्रहण मध्यरात भन्दा अगाडि लाग्ने भयो भने मात्रै त्यो नाग पञ्चमीको दिन मनाउनु पर्छ भन्ने ज्योतिषशास्त्रीय मान्यता रहेको छ । यही आधारमा धेरै विद्वानहरुको बैठकले यस्तो निर्णय गरेको उनले स्पष्ट पारे । उनले पञ्चमी र पूर्णिमा एकैदिन परेको नभई पूर्णिमामा गरिने यी ३ काम मात्रै नाग पञ्चमीको दिन गर्नुपरेको भन्दै गोसाईकुण्ड मेला ग्रहण लागेको भएपनि सोही दिन लाग्ने उनले स्पष्ट पारे । 

अध्यक्ष गौतमले मेला जात्रा, श्राद्ध, स्नान दान लगायतका सबै काम साउन २३ गते नै गर्नु उत्तम हुने उनले स्पष्ट पारे । धेरैले २ बजेपछि मात्रै ग्रहणको सूतक लाग्ने भनेर त्यो भन्दा अगाडि रक्षाबन्धन गर्न हुने तर्क पनि गरिरहेको भन्दै उनले त्यो तर्क मिथ्या रहेको पनि स्पष्ट पारे । कतिले त ग्रहण नै लाग्दैन भनेकोतर्फ ईंकित गर्दै अध्यक्ष गौतमले नासाले नै प्रमाणित गरिसकेको ग्रहणको विषयमा भ्रम फैलाउनु जायज नरहेको पनि स्पष्ट पारे । 

ग्रहणको दोष ३ दिनसम्म लाग्ने भन्दै अध्यक्ष गौतमले डेढ दिन अगाडि र डेढ दिन पछाडि गरेर ३ दिनसम्म ग्रहणको दोष रहने स्पष्ट पारे । यस विषयमा स्पष्ट पार्नको लागि बुधबार दिउँसो नेपाल पचाङ्ग निर्णायक समिति र नेपाल ज्योतिष परिषदले एक कार्यक्रमको आयोजना समेत गरेको थियो । कार्यक्रममा पनि यी दुई संस्थाले नागपञ्चमी र रक्षा बन्धन एउटै दिनमा परेको विषयलाई लिएर उत्पन्न सामाजिक हल्लाहरु सबै भ्रम भएको दाबी गरेको छ ।

कार्यक्रममा नेपाल ज्योतिष परिषदका अध्यक्ष माधवराज पाण्डेले कालसर्प योगका नाममा जनतालार्इृ ठगिरहेकाले सरकारले यो संस्थालाई तत्काल सरकारले कानुन बमोजिम कारवाही गर्नुपर्ने बताएका छन् । उनले भने,‘पछिल्लो समयमा कालसर्प योगको नाममा गलत हल्ला फैलाउने र अनेक बाहनामा मुलुकका विभिन्न भ–ूभागमा भवन निमार्णगर्न गरेको छ, कालसर्प योग कुनै पनि शास्त्रमा छैन्, यस्तो विश्वास भन्दा बाहिरका कुरामा अल्झिएर  कसैले दुविधामा नपर्न आग्रह गर्दछु।’ कार्यक्रममा ज्योतिष कृष्ण अधिकारी, माधव प्रसाद पाण्डे लगायतले कालसर्प योगका कुरा गर्नेलाई वहिष्कार गर्नको लागि सबैलाई आग्रह गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ