arrow

शिक्षकहरुलाई बढुवाको नयाँ सुविधा

आन्तरिक प्रतिस्पर्धा गरेर बढुवाको सुविधा

logo
प्रकाशित २०७२ पुष २४ शुक्रबार
nepal-goverment2.jpg.jpeg
काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकले आफू कार्यरतभन्दा माथिल्लो तहमा आन्तरिक प्रतिस्पर्धा गरेर बढुवाको सुविधा पाउने भएका छन्। 
 
विद्यालय तहको शिक्षालाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउन पहिलो पटक यस्तोे व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा छ - यस व्यवस्थाले विद्यालय तहमा कार्यरत शिक्षकलाई पेसामा दत्तचित्त भएर लाग्न प्रोत्साहन मिल्ने विश्वास मन्त्रालयले लिएको छ।
 
मन्त्रालयका अनुसार शिक्षाको स्तर उकास्न शिक्षकलाई प्रतिस्पर्धी बनाउनु पर्ने सरोकारवालाको सुझावअनुसार शिक्षकलाई यस्तो अबसर दिन लागिएको हो। यस्तो सुविधा अहिले निजामती सेवामा कार्यरत शिक्षकलाई मात्र दिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ