arrow

कमल थापाले भने–सरकारको नियतमै खोट

logo
प्रकाशित २०७४ साउन १५ आइतबार
kamal-thapa-new-aa.jpg.jpeg

बर्दिवास  । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मधेश समस्या समाधानमा सरकारको नियतमै खोट भएको बताएका छन् ।

महोत्तरीको बर्दिवासमा पार्टीको दुई नं प्रदेश समितिको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष थापाले संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्ने कुरा बाहिरी हल्ला मात्र भएको बताएका हुन् ।

“सरकार संशोधन प्रस्ताव पास गर्ने गराउने कुरामा इमान्दार छैन,” उनले भने । केही दिनयता सत्ता साझेदार दलले संंशोधन प्रस्तावलाई राजपालाई गिज्याउने र एमालेलाई तर्साउने अस्त्र बनाएको थापाकाे आरोप छ । संशोधन प्रस्तावप्रति आफ्नो पार्टी सधैँ सकारात्मक रहेको थापाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ