arrow

विद्युत सर्ट भई आगलागी हुँदा घर जल्यो, सामान नष्ट 

logo
प्रकाशित २०७४ साउन १६ सोमबार
fire.jpeg

लहान । आइतबार राति सिरहाको लहान नगरपालिका–९ मा आगलागी हुँदा करिब रु दुई लाख मुल्य बराबरको क्षति भएको छ । 

राति १० बजेतिर अचानक विद्युत् सर्ट भई आगलागी हुँदा स्थानीयवासी विनोद चौधरीका फुसको घर तथा घरमा भएको सम्पूर्ण सर–सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

लहान नगरपालिकाको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको प्रयासमा आगलागी नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ