arrow

खेतबारी बन्धकी राखेको पैसा पनि सकियो, मृगौला पिडित छोराको उपचारमा सहयोगको अपिल

logo
नारायण रिजाल,
प्रकाशित २०७४ साउन १७ मंगलबार
Santosh.jpg

बागलुङ । आफ्नो छोराको उपचारका लागि यहाँका एक दम्पतीले खेत नै बन्धकीमा राखेका छन् । बागलुङ नगरपालिका वडा ३ नुवाराका खड्बहादुर किसान र ममिता किसानले आफ्नो छोरा सन्तोष किसानको उपचारका लागि २ रोपनी खेतनै बन्धकीमा राखेका हुन । उनिहरुले छोराको उपचार खर्च सहयोग गरिदिनका लागि सबैसंग अपिल गरेका छन ।
 
दुबै मृगौला फेल भएर छोरा सन्तोषको उपचार गर्दा साथमा भएको सबै पैसा सकिएको र ऋण लिने ठाउँ समेत बन्ध भएपछि आफुले कमाई खाने खेत नै  बन्धकी राखेको सन्तोषकी आमा ममिताले बताईन । २० बर्षिय छोराको उपचारका लागि खेत नै बन्धकी राख्दा पनि खर्च नपुगेको र उसको जिवन रक्षा गरिदिनका लागि सबै सँग आग्रह गरेका छन ।

उपचार गर्दा गर्दै ऋण धेरै भएकोले पैसा पाउन मुस्किल भए पछि हामीले नजिकैका आफन्तसँग बन्धकीमा जग्गा राखी ७० हजार ऋण लिएका छौ त्यो पनि काठमाडौ आउँदा जाँदा सकियो अहिले डायलोसिस गर्न काठमाडौ जाने भाडा पनि छैन सन्तोषकी आमाले भनीन् । दुबै मृगौला फेल भएका छोराको उपचारका लागि अहिले सम्म १२ लाख भन्दा बढि खर्च भई सकेको र डाक्टरले अझै २५ लाख भन्दा बढि लाग्ने बताएको आमा ममिताले बताईन ।

छोरालाई रोग नलाग्दा सम्म बुढाले भारतको सिलाङमा कमाएको पैसा पनि सकिएपछि आफन्त, छरछिमेकीमा ऋण लिएर पनि धेरै पटक उपचार गरेको उनले बताईन । अहिले सबै तिर बाटो बन्ध भयो अब कहाँ बाट छोराको उपचार गर्ने त्यही पिरले दम्पत्तीलाई सताएको छ ।

मुलपानी उच्च मा.वि.बाट चार वर्ष पहिले एसएलसी उत्तिर्ण गरेका सन्तोष कक्षा १२ मा पढ्दा पढ्दै बिरामी भएपछि तिन बर्ष देखी पठाई छाड्न बाध्य भएको परिवारले बताएको छ । छोरा विरामी भएपछि काठमाडौंको टिचिङ अस्पतालमा स्वास्थ्य परिक्षण तथा उपचार गरिए पनि अहिले विर अस्पतालमा नियमिति डायलासिस गराउँदै आएको उनिहरु बताउँछन । १ हप्तामा अस्पतालमा मात्र २५ देखी ३० हजार खर्च हुने भन्दै सबै सँग सहयोगको अपेक्षा गरेका छन । सम्पतीको नाममा एउटा घरमात्र बाँकी रहेको र २० वर्षको छोरा बिरामी हुँदा आफुले मन थाम्न नसकेको बाबु खड्क किसान बताउँछन ।

अहिले गाउँ र विभिन्न सरकारी निकायमा छोराको ज्यान बचाउनका लागि किसान परिवारले सबै तिर अपिल गरेका छन । विभिन्न निकाय र व्यक्तिगत ढंगले थोरै थोरै सहयोग गरे मेरो मृगौला फेर्नेका लागि रकम जम्मा हुन्थ्यो की पिडित सन्तोषले भने देश तथा बिदेशमा रहेका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदि बहिनीहरुलाई आफ्नो ईच्छाले थोरै धेरै सहयोग गरी मेरो ज्यान बचाईदिनुहुनका लागि अनुरोध गर्दछु ।किसान दम्पत्ती आमा बाबा मध्ये जो सुकैको मृगौला मिलेपनि आफुहरुले दिएर छोरालाई बचाउने ठुलो सपना रहेको बताउँछन ।     

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ