arrow

इटहरी छाडेर जाँदै गरेका डिएसपी सुवेदी जसले प्रहरीदेखि गुन्डासम्मलाई कार्वाही गरे 

logo
धनबहादुर पुरी
प्रकाशित २०७४ साउन १८ बुधबार
dsp-nareshraj-subedi.jpg

इटहरी । इटहरीका डिएसपी नरेश सुवेदी केहि दिन पछि सरुवा भएर कुनै अर्को ठाउँमा जाँदैछन् । 

संगठनको निर्देशन वमोजिम उनी सरुवा भएर इटहरी आउनु र यहाँबाट जानु ठुलो कुरो भएन तर इटहरी वसुन्जेल डिएसपीको भुमिकामा रहेका सुवेदीको काम भने प्रशंसा गर्ने लायक छन् । 

इटहरी केहि वर्ष यता पूर्वको हब बन्दै गएको शहर हो । इटहरी इलाकाको कामलाई जिल्लाले मात्र हैन क्षेत्रीय कार्यलय हुदै  प्रहरीको केन्द्रिय कार्यलयसम्मले जस लिने गरेको छ । 

एक वर्ष महिना अगाडी इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी सुवेदीले एक वर्षभर कुनै विवादमा नपरि राम्रा काम गरेर इटहरीवासीको मन जितेका छन् । 

कुनै राजनिति दल, ब्यवसायी कसैसँग कुनै विवाद नभई केहि दिनपछि कुम्लोकुटुरो वोकेर अन्य कुनै ठाउँ जाँदैछन् । 

इटहरीमा हुने अधिकांस ठुला घट्नामा सफलता नै उनको इटहरी वसाईको सफलता रह्यो । खनारमा चार जना डाकाहरुलाई ४ वटा पेस्तोल सहित पक्राउ गदै सहकारी लुट्नेदेखि आफ्नै मातहतका एक सई र एक सिपाहीको जागिर समेत खाईदिए । 

सिमाना तस्करीमा संलग्न रहेर प्रहरीको वदानाम गर्ने प्रहरीलाई कार्वार्ही गर्ने उनी आफैमा एक स्वच्छ प्रहरी अधिकृत हुन् । 

संगठन भित्र मात्र हैन उनको काम प्रति वाहिर पनि त्यतीकै चर्चा छ । मुद्धा फाटमा वसेर सर्वसाधरणबाट विभिन्न वहानामा पैसा असुल्ने सईलाई समेत कार्वार्ही गर्ने डिएसपी आफैमा हाईहाई भएका छन् । 

कुनै ब्यावसायीबाट एक पैसा नलिई काम गरेको भनेर उनको चर्चाले इटहरीबासी दंग छन । नराम्रो काम गर्नलाई छोड्नु हुन्न भन्ने सोचाई भएका डिएसपी सुवेदी संगठनमा निकै इमान्दार प्रहरी अधिकृत गनिन्छन् । 

सर्वसाधरणबाट पैसा नलिने अधिकृतको रुपमा चिनिदै छन । प्रहरीले घुस खाएर मात्र काम गर्छ भन्ने नजर उनलाई भेटे पछि फरक हुन्छ । संगठन सुधार्नु पर्छ भन्ने स्वभावका डिएसपीले जनताको पैसा लिएको गाईगुई पनि सुनिएन यो सबैभन्दा राम्रो कुरा हो । 

इटहरीमा सरुवा भएर आउँने प्रहरी अधिकृतहरु गोजी कसरी भर्ने भन्ने दाउँमा हुन्छन तर उनले इटहरीमा गरेको ब्यवहार साँच्चै उदाहरणीय छ। 

हो उनको कार्य साच्चै उदाहरणीय छन यसको सिको इटहरीमा आगमी दिनमा आउँने अधिकृतहरुले पनि सोचुन । अख्तियार तथा अपराध अनुसन्धानमा काम गरिसकेका उनी अहिले पूर्वकै एक उत्कृष्ट डिएसपी छाप छोडेर जादैछन् । 

प्रहरी संगठन सुधार्ने अझै आवश्यकता छ । नामी नामी इलाका तथा जिल्ला प्रहरी कार्यलय ताकेर पैसा कमाउन जाने प्रहरी अधिकृतहरुले डिएसपी सुवेदीको सिको सिकुन् । 

पैसा जिवनमा सबैथोक पनि हैन । पैसा कमाउँन प्रहरीले केहिलाई पाखा केहिलाई काखा गर्ने पर्न वाध्यता छ । यसरी जनताबाट जनताबिच विवाद हैन सबैको हाईहाई भएर आफ्नो कर्तव्य निर्वाह गरे भविष्यमा सफलता पाउने पक्का छ । 

निकट भविष्यमा प्रहरी प्रमुख सम्म हुने हैसियत राख्ने इटहरीका डिएसपी नरेशको भुमिकाको आम जनताले प्रशंसा गरेका छन् । 

पूर्वको विभिन्न शहरमा यौनकर्मी महिलाहरु (कल गर्ल) निकै छन्। इटहरी आसपासको क्षेत्रमा कल गर्लको समस्याले विकृती ल्याएको छ। खोजे इटहरी आफैमा अरु शहरहरुको तुलनामा अलि फरक छ । 

खुल्ला सिमाना नजिक तथा अन्य ठाउँवाट समेत यस क्षेत्रमा आई अपराधिक गतिविधि गर्ने सम्भावना धेरै रहन्छ । त्यस कारण इटहरीवासीले जुनसुकै संकास्पद ब्यक्तिहरुको वारेमा प्रहरीलाई जानकारी गराउनु पर्छ । 

इटहरी आपासको क्षेत्रमा चोरी तस्करी र गुण्डागर्दी रोक्न सामाजिक क्षेत्रबाट समेत दवाव दिन आवश्यक छ ।  साना हतियार, लागु औषधको कारोवार र चोरी तस्करीवाट हुने सजिलो आम्दानीका कारण हुने अन्य सामाजीक अपराध नियन्त्रणमा प्रहरीले जनता सँग हातेमालो गर्नुपर्छ ।

इटहरी प्रहरीले लामो समय देखि गर्ने नसकेको ठुला अपराधीक गिरोहहरुलाई पक्राउ गर्ने कामले इटहरीवासी उत्साहित भएका छन । जनताले शान्तीसुरक्षाको अनुभुति दिन इटहरी प्रहरी जुन कदम देखाएको छ त्यो राम्रो छ। 

अपराधिक गतिविधि गर्नेहरुको टान्जिट पोईन्ट वन्दै गएको इटहरी पछिल्लो समयमा सुध्रदै जानु र विभिन्न अपराधीहरु लुक्ने ठाउँको रुपमा विकास भईरहेको इटहरीमा अहिले अपराधीहरुको सुरक्षीत हुने ठाउँ नपाउँनु इटहरीवासीको लागी खुसीको कुरा हो । निस्वार्थ रुपमा काम गर्दा कुनै वदनाम हुनु पदैन रहेछ भन्ने उदाहरण सुवदीले दिएका छन  । 

यसरी नै सुवेदी पछि आउँने डिएसपीले पनि सकरात्मक काम गरेर समाज सुधारमा लाग्ने अभियानलाई साथ दिन आवश्यक छ । इटहरीका जनताको मन जित्न आवश्यक छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ