arrow

काँग्रेस सरकार परिवर्तनको पक्षमा छैन : उपसभापति पौडेल

logo
प्रकाशित २०७२ पुष २४ शुक्रबार
ramchandra-poudel.jpg.jpeg
पथरी (मोरङ)। नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले काँग्रेस सरकार परिवर्तनको पक्षमा नरहेको बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपसभापति पौडेलले भन्नुभयो – “काँग्रेस सरकार परिवर्तनको पक्षमा छैन ।”  काँग्रेसले प्रतिपक्षमा बसेर यतिखेर रचनात्मक भूमिका निर्वाह गरिरहेको उहाँको भनाइ थियो । उपसभापति पौडेलले काँग्रेसले वार्ताको माध्यमबाट मधेस समस्याको समाधान चाहेको बताउनुभयो । 
 
उहाँले सीमाङ्कनको विषयलाई राजनीतिक तहमा छलफल र सल्लाह गरेर टुङ्ग्याउनुपर्ने बताउनुभयो र भन्नुभयो – संविधान संशोधनको प्रस्तावमै छलफल गरेर मधेस समस्याको हल खोज्नुपर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ