arrow

नारायणगढ–मुग्लिन सडकखण्डमा फसेका गाडीलाई मुग्लिनतर्फ पठाइयो

logo
प्रकाशित २०७४ साउन १९ बिहिबार
Mugling-Narayanghat.jpeg

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको जोखिमपूर्ण क्षेत्रमा पहिराका कारण बीचमा फसेका सवारी साधनलाई एकातर्फ सडक सञ्चालनमा ल्याएर मुग्लिनतर्फ पठाइएको छ ।

सो सडकको जलवीरेदेखि मुग्लिनसम्म खसेका पहिराको छेउको भाग हटाएर करिब १२५ गाडीलाई मुग्लिनतर्फ पठाइएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार जलवीरेदेखि नारायणगढतर्फका सवारी भने बीचमा नै छन् । साँझ अबैरसम्ममा ती सवारीलाई गन्तव्यतर्फ पठाउनका लागि काम भइरहेको उनको भनाइ छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार १० ठाउँमा ठूला पहिरो तथा अन्य भित्तो काटिएका ठाउँमा साना पहिरो खसेका छन् । मुग्लिनदेखि गाईघाटसम्मको १७ किमी क्षेत्रमा पहिरो खसेको हो ।

मुग्लिन नजिकै एउटा ठूलो पहिरो खसेको छ । त्यसैगरी मुग्लिनबाट २ दशमलब ५ किमी नारायणगढतर्फ चेपाङडाँडादेखि कालीखोलासम्मको पाँच सय मिमा तीन ठूला पहिरो खसेको खनालले बताए । थप पहिरो नखसेमा शुक्रबार मध्याह्नसम्ममा दुईतर्फी सडक सञ्चालन हुने उनको भनाइ छ । बुधबार साँझदेखि सडक अवरुद्ध बनेको हो । साँझ ७:३५ बजे कालीखोला नजिकै तीन किलो भन्ने ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ