arrow

दासलाई एसपीको फुली लगाउने बाटो खुल्यो, सर्वोच्चले निलम्बन रोक्यो

logo
प्रकाशित २०७४ साउन १९ बिहिबार
Sanjeev-Sharma1.jpg

काठमाडौं । सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै प्रहरीका नायव उपरीक्षक डीएसपी सन्जिव शर्मा दासको वढुवाको बाटो खुलेको छ ।

सर्वोच्चले दासको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको एकल इजलाशले डीएसपी दासको निलम्वन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

डीएसपीबाट एसपीमा बढुवा भएका दासबारे विभिन्न चर्चा हुन थालेपछि गृहमन्त्री जनार्दन शर्माले बढुवा प्रक्रिया रोकी तत्काल निलम्बन गर्न प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई निर्देशन दिएका थिए । प्रहरी प्रधान कार्यालयले निलम्बन गरेपछि दास सर्वाेच्च अदालत गएका थिए । तर, सर्वोच्चले निलम्बन नगर्न अन्तरिम आदेश दिएसँगै उनलाई बढुवाको फुली लगाउने बाटो खुलेको छ ।

उनीमाथि पाँच वर्षअघि रामेछापको साविक सैपू गाविस–१ सिरीसेमा १४ वर्षीया किशोरी सुन्तली तामाङको बलात्कार र हत्यामा संलग्न मुख्य अभियुक्त श्याम राउतलाई उन्मुक्ति दिई भगाएको आरोप लागेको छ । राउतलाई उन्मुक्ति दिई भगाएको आरोप लागेका डीएसपी शर्मालाई निलम्बन गरी प्रहरी प्रधान कार्यालयले अनुसन्धान गरिरहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ