arrow

बेनी नगरको पात्लेखेतका ४५ घर पहिरोको उच्च जोखिममा, तिन घरपरिवार विस्थापित 

logo
धिरन खत्री,
प्रकाशित २०७४ साउन २० शुक्रबार
beni-landslide.jpg

म्याग्दी। मंगलबार देखि  परेको अविरल बर्षाका कारण म्याग्दीको बेनी नगरपालिका वडा १० पात्लेखेत ४ घर विस्थापित भएका छन्। पहिरो झर्ने क्रम नरोकिएपछि पात्लेखेतका ४५ घर उच्च जोखिममा परेका छन्। भिरालो जमिन र भूमिगत पानीका कारण पात्लेखेतमा चार घर विस्थापित हुनुका साथै पुरै बस्ती नै जोखिममा परेको वडा अध्यक्ष रिम रोकाले जानकारी दिए। 

बर्षदेखि पहिरो खस्ने क्रम रोकिएको थिएन्। बुधबार साँझ झन् बस्ती नै बगाउने गरि पहिरो गयो’, उनले भने, ‘रोकथामको उपाय गरेपनि त्यो दीगो बन्न सकेको छैन।’ बस्तीभन्दा तल बग्ने भुमिगत पानी र भिरालो जमिनका कारण पात्लेखेतबासीले बर्षेनी यस्तै शास्ती खेप्न बाध्य भएका छन्।  वडाअध्यक्ष रोकाका अनुसार, लालबहादुर हमाल, खिमबहादुर सार्की र खम्बि गर्बुजा हरी गर्वुजाको परिवार पहिरोले घरमा क्षति पुर्‍याएपछि विस्थापित भएका छन्। ,

पहिरोले स्थानीयको खेतीयोग्य बारी समेत पुरेको छ। प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले विस्थापितहरुलाई राहत प्रदान र सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताए। जिल्लाको ‘ठाउँ–ठाउँमा पहिरो खसेको छ ,अनुगमन गर्दा जोखिमपूर्ण स्थानका बासिन्दाहरुलाईसचेत गराएका छौँ’, उहाले भने।  

जिल्ला दैवी प्रकोप उद्धार समितिले घर पूर्ण क्षत्ती भएकी खम्बी गर्बुजालाई १५ हजार, विस्थापित भएका लालबहादुर हमाल, खिमबहादुर सार्की र बिमला नेपालीलाई दश दश हजार र बेनी नगरपालीकाले पाँचपाँच हजार रुपैया राहत उपलब्ध गराएको छ। घर क्षत्ती भएकी खम्बीलाई जिल्ला समन्वय समितिले पाँच हजार, नेपाली काँग्रेसका जिल्ला सभापती खम्बिर गर्बुजाले सात हजार, ओमकुमारी शान्ति कोषले पाँच हजार र दुई थान त्रिपाल, अनेरास्ववीयुले दुई हजार रुपैया सहयोग गरेका छन्। 

ओमकुमारी शान्ति कोषले अन्य तिन जना बिस्थापितहरुलाई नगद पाँच पाँच हजार र दुई दुई थान त्रिपाल उपलब्ध गराएको छ। नेपाल बिद्यार्थी संघ म्याग्दीले उदारमा  सहयोग गरेको थियो। संगै म्याग्दीको मंगला गाउँपालिका–५ अर्मन किमचौरमा २ घर विस्थापित भएका हुन्। उनीहरु आफन्त घरमा आश्रय लिएर बसेका छन्। र अर्मन बस्ती माथिबाट खसेको पहिरोका कारण मँगला–५ किमचौरमा चन्द्रप्रसाद फगामी, बिमल बुढाथोकी, टिकप्रसाद बुढाथोकी, दुतप्रसाद बुढाथोकी, रामबहादुर फगामी र भिमबहादुर फगामीका परिवार विस्थापित भएको स्थानीय युवा बिकास फगामीले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ