arrow

हातहतियार सम्बन्धि मुद्दामा अदालत पुगेका सलमान तीन मिनेटमै फर्किए

logo
प्रकाशित २०७४ साउन २० शुक्रबार
salman-khan-court_.jpg

एजेन्सी ।हातहतियार सम्बन्धि मुद्दामा फसेका सलमान खान शुक्रवार आफ्नो धरौटी भर्न जोधपुर अदालतमा हाजिर भएका छन् । सलमान तीन मिनेटमै धरौटीमा हस्ताक्षर गरेर अदालतबाट फर्किएका थिए ।सो केसमा सलमानलाई छुटकारा दिने ट्रायल कोर्टको निर्णयमा राज्य सरकारले चुनौती दिएको थियो । राजस्थानमा न्यायपालिकाका कर्मचारीहरुको लामो समय देखि हडताल चलिरहेको थियो । जुन बिहिबार समाप्त भएको छ । यो सँगै सलमान अदालत पुगेका हुन् ।

जोधपुरको जिल्ला अदालतमा न्यायधिशको पद रिक्त रहेकाले सलमान एडीजे अदालत पुगे । अदालतमा  सलमानले २० हजारका दुईबटा धरौटी पत्र भरेर केहि समय न्यायधिश अगाडि उपस्थित भए ।  न्यायधिशले उनलाई केहि प्रश्न नगरेपछि उनि  आफ्ना वकीलसँग कुरा गरेर बाहिर निस्किएका थिए ।

सलमान चार्टर्ड प्लेनबाट सो स्थान पुगेका हुन् । सलमान बिरुद्ध सन् १९९८ मा  जोधपुरमा अवैध हात हतियार  राखेको र शिकार गरेको मामिला चलिरहेको थियो ।यो भन्दा पहिले  ट्रायल कोर्टले उनलाई उक्त काण्डबाट निर्दोष सावित गरेको थियो ।

सलमानलाई छुटकारा दिने फैसलालाई सरकारले सेशन कोर्टमा चुनौती दियो। राज्य सरकारको पिटीशन माथि कोर्टले सलमानलाई नोटिस जारी गरेको छ ।उनलाई धरौटी भर्पाइ गर्न कोर्टमा हाजिर हुन आदेश दिएको थियो ।

धरौटी भर्नेको लागि सलमान अघिल्लो महिना जोधपुर आउनु पर्ने थियो तर न्यायधिशको ट्रान्सफरका कारण सो सुनवाई हुन सकेन । ट्रायल कोर्टले उनलाई छुटकारा दिए पनि सलमानलाई अदालतले बोलाए समयमा उपस्थिति हुने भनेको छ ।

सलमानले सन् १९९८ मा चलचित्र ‘हम साथ साथ हे’ को सुटिङको क्रममा दुईवटा कालो हरिणको शिकार गरेका बताइन्छ । सलमानले सो समय शिकारमा प्रयोग गरेको हतियारलाई लिएर सलमान बिरुद्ध हात हतियार एन अन्तर्गत मामिला दर्ता गरिएको हो ।
 
अनुसन्धानको क्रममा सलमानको पेस्तोल र राइफलको लाइसेन्स मिति समाप्त भएको थियो उनले त्यस्लाई नविकरण गराएका थिएनन् । सो मामिलामा ट्रायल कोर्टले सलमालाई छुटकारा दिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ