arrow

जिल्ला समन्वय समिति बागलुङको प्रमुखमा ढुंगाना र उपप्रमुखमा भुषाल

logo
नारायण रिजाल,
प्रकाशित २०७४ साउन २० शुक्रबार
Rajendra_Bishnu.jpg

बागलुङ ।जिल्ला समन्वय समिति बागलुङको अध्यक्षमा राष्ट्रिय जनमोर्चाका राजेन्द्र ढुंगाना बिजयी भएका छन । शुक्रबार भएको निर्वाचनमा उनले १२ मत प्राप्त गरी बिजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका लक्ष्मण आचार्यले ८ मत प्राप्त गरेका थिए ।

ढुंगाना बरेङ गाउँपालिका १ का वडा सदस्य थिए भने आचार्य जैमिनी नगरपालिका १ का वडा सदस्य थिए । ढुंगाना बाम राप्रपा संयुक्त प्यानलका एक्ला उम्मेदवार थिए । त्यसैगरी उपप्रमुखमा नेकपा एमालेका विष्णु भुषाल बुधबार नै निर्विरोध निर्वाचित भएका थिए ।

 नेकपाली काँग्रेसका उम्मेदवार राम बहादुर बि.क.ले आफ्नो उम्मेदवार फिर्ता लिए पश्चात भुषाल निर्विरोध निर्वाचित भएका हुन । भुषाल बडिगाड गाउँपालिका १ का वडा अध्यक्षमा निर्वाचित भएको थिए । त्यस्तै गरी समितिको सदस्यमा राजु के.सी. (एमाले) रुपा वि.क. (एमाले) ताराकुमारी पुन (राजमो) झंकबहादुर कामी (माओवादी केन्द्र) दलबहादुर थापा (माओवादी केन्द्र) फुलकुमारी पुन (माओवादी केन्द्र) र डिल्ली आचार्य (राप्रपा) ले १२÷१२ मत प्राप्त गरी बिजयी भएका छन । सदस्य पदमा रहेको नेपाली काँग्रेसका कुमारी राना, टुकादेवी आचार्य, अनिता केसी बस्याल, मेखबहादुर छन्त्याल,झहरबहादुर खत्री, बम बहादुर खत्री र दिपेन्द्र प्रताप केसीले ८÷८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत हेमलाल बेलबासेले बताए ।

बागलुङमा जिल्ला सभामा २० उम्मेदवार मध्ये नेपाली काँग्रेसका ८, नेकपा एमालेका ६ राजमोका ३ नेकपा माओबादी केन्द्रका २ र राप्रपाका १ सदस्यले जितेका थिए । गत बैशाखमा भएको स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसले ४ वटा प्रमुख ४ उपप्रमुख, नेकपा एमालेले ४ वटा प्रमुख २ उपप्रमुख जितेका थिए । त्यसै गरी राजमोले १ प्रमुख १ उपप्रमुख, माओबादी केन्द्रले १ प्रमुख र २ उपप्रमुखमा राप्रपा ले १ उपप्रमुखमा जितेको थियो ।  बागलुङमा ६ नगरपालिका र ४ गाउँपालिका रहेका छन । बिजयी पदाधिकारीलाई शुक्रबार नै पद तथा गोपनियताको सपथ खुवाईएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ