arrow

जिसस रामेछापमा एमालेको प्यानल विजयी

logo
वद्री नयाँघरे,
प्रकाशित २०७४ साउन २० शुक्रबार
ramechap_uml.JPG

रामेछाप । जिल्ला समन्वय समिति रामेछापको प्रमुखमा एमालेका उम्मेदवार प्रेम बहादुर खड्का सहितको प्यानल विजयी भएको छ ।  मुख्य निर्वाचनको कार्यालले प्रकाशन गरेको निर्वाचन कार्य तालीका अनुसार शुक्रबार  भएको निर्वाचनमा एमाले जिल्ला सदस्य समेत रहेका खड्का प्रतिपक्षि गठवन्धनका प्रमुख पदका प्रत्यासि नेपाली काँगेसका नारायण वोगटी भन्दा ३ मत वढि ल्याएर विजयी भएका हुन् ।  
              
त्यैसैगरि समन्वय समितिको उप प्रमुख पदमा पनि एमालेकै उम्मेदवार दिपा पाख्रिन  विजयी भएकि छन् । उनले पनि प्रमुख खड्का सरह ९ मतनै प्राप्त गरेकी थिईन् । उनका प्रतिस्पर्धी गठवन्धन माओवादी केन्द्रका उमेद्वार प्रेमसागर थापाले पनि  ६ मतनै प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला समन्वय समितिको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र वीच प्रतिस्पर्धा भएको थियो ।

समन्वय समितिका वाँकि  सात सदस्य पदमा पनि एमालेकै उम्मेदवारहरु विजयी ुभएका छन् । जसमा  ङिडोमा शेर्पा,राधा गुरुङ मैयाँ सार्कि,गणेश माझि,राम वहादुर तामाङ्ग,पुर्ण वहादुर महत र रमेश वाग्ले रहेका छन् । जिल्ला समन्वय समितिको ९ वटा पदका लागि २ नगर र ६ गाउँपालीकाका प्रमुख र उप प्रमुख सहित १६ जना मतदाताले मतदान गरेका  थिए । १६ मत मध्ये गठवन्धन पक्षको १ मत भने वदर भएको थियो ।  

जिल्ला समन्वय समिति रामेछापको निर्वाचनमा आठ स्थानीय तहका जम्मा १६ जना प्रमुख÷ उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष ले मतदान गरेका थिए । खसेको १६ मत मध्ये एक मत बदर भएको थियो ।
               
   

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ