arrow

दर्शन गर्न जाने क्रममा एकको भिरबाट लडेर मृत्यू

logo
देबेन्द्र नाथ,
प्रकाशित २०७४ साउन २१ शनिबार
khaptad-bbt-trekking.jpeg

बाजुरा ।बाजुरा जिल्लाको धरोहर मानिने धार्मीक तिर्थ स्थल बडिमालिकाको दर्शन गर्न जाने क्रममा एक जनाको भिरबाट लडेर मृत्यू भएको छ । मृत्यू हुनेमा बाजुराको त्रिबेणी नगरपालिका वडा न २ का ५५ बर्षिय डम्मलाल जैशी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक दल बहादुर बोगटीले बताएका छन । उनी हाल कैलाली जिल्लाको फुलबारी नगरपालिका को बि गाउमा बस्दै आएको प्रहरी प्रमुख बोगटीले बताए ।

 बडिमालिकामा साउन पुणिमाको अघिल्लो दिन तथा साउन पर्णिमाको चर्तुदशी तिथिका दिन भब्य मेला लाग्ने गर्दछ । सोही मेलामा बडिमालिका भगवतीको दर्सन जाने क्रममा बिचबाटोमा भिर बाट लडेर मृत्यू भएको बताएको छ ।सदुरपश्चिमकै प्रमूख धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा चिनिने बडिमालिकामा जनैपुर्णिमाको अघिल्लो दिन अर्थात चतुर्दशीका दिन मेला लाग्ने गर्दछ । यो बर्ष साउन २२ गते मेला लाग्ने भए पनि दर्शनार्थीहरु साउन १९ गतेदेखि नै सो क्षेत्रमा जान थालेका हुन् ।

 बडिमालिका मन्दिरमा अछाम, बाजुरा, बझाङ र कालिकोट लगायतका जिल्लासहित स्वदेशर विदेशबाट समेत दर्शनार्थीहरु आउने गर्दछन् ।बडिमालिका माईको दर्शन गर्नाले मनले चिताएको कुरा पुरा हुने विश्वास रहेकाले देश बाहिरबाट समेत दर्शनार्थी आउने गरेका छन् । बडिमालिका माईको दर्शन गरेर एक दिन त्रिवेणीमा बास बस्ने प्रचलन छ । धार्मिक तथा पर्यटकीय महत्व बोकेको बडिमालिका समुद्रसतहबाट ४ हजार मिटरभन्दा बढी उचाईमा छ । बडिमालिकाको पुजाआजा गरेपछि आफ्नो मनोकामना पुरा हुने जनविश्वास पाइन्छ । त्यस्तै बडिमालिका क्षेत्रको अर्को धार्मिक पर्यटकीय स्थल बुढीनन्दामा समेत ठूलो संख्यामा दर्शनार्थी जाने गरेका छन् । बुढीनन्दामा पनि जनै पुर्णिमाको दिनमा मेला लाग्ने गर्दछ । दर्सन जाने क्रममा बिचबाटोमा भिर बाट लडेर मृत्यू भएको बताएको छ

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ