arrow

को हुन् चितवन महानगरपालिकाकी मेयर रेणु दाहाल ? यस्तो छ जीवनी

logo
प्रकाशित २०७४ साउन २२ आइतबार
renu-dahal-parbati-shah1.JPG

चितवन । २०३३ साल असार २२ गते चितवनको तत्कालीन शिवनगर गाविस (हालको भरतपुर महानगरपालिका–१४) भीमसेननगरमा जन्मिएकी भरतपुर महानगरका नवनिर्वाचित प्रमुख रेणु दाहाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता दाहालकी माइली छोरी हुन् । 

२०५१ सालमा पार्टी प्रवेश गरेकी दाहाल २०५२ सालमा माओवादी जनयुद्ध शुरु भएसँगै भूमिगत भएकी थिइन् ।  

प्रवासमा अखिल भारत नेपाली महिला संगठन, केन्द्रीय समिति अध्यक्ष, जनयुद्धकालमा रोल्पा जिल्लामा पार्टीको सहइन्चार्जको भूमिका निर्वाह गरिसकेकी दाहाल अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की महासचिव हुन् । दाहाल काठमाडौँको जिल्ला सहसचिव हुँदै हाल पार्टीको पोलिटब्यूरो सदस्य छिन् ।  

चितवनमै प्रवेशिकासम्मको अध्ययन गरेकी दाहाल पहिलो संविधानसभामा समानुपातिकबाट सभासद् भएकी थिइन् । 

दोस्रो संविधानसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ मा उम्मेदवार बनेकी दाहाल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भएका थिए । 

दाहालको २०५३ साल माघ २७ गते चितवनकै व्यवसायी अर्जुन पाठकसँग विवाह भएको थियो । हाल उनका एक छोरा र एक छोरी छन् । उनी भरतपुर महानगरपालिका–१० मा बस्दै आएकी छिन् । 

बाबु प्रचण्ड जनयुद्धमा होमिएपछि बाबुलाई साथ र सहयोगको लागि भन्दै राजनीतिमा लागेकी दाहाल आफूले राजनीतिक प्रेरणा बाबुबाट नै पाएको बताउँछिन् । 

नेपाली काँग्रेसको प्रभाव रहेको महानगरमा काँग्रेसकै समर्थन पाएपछि दाहाल प्रमुखमा विजयी भएकी हुन् । जिल्ला बाहिर बसेर राजनीति गर्दै आएकी दाहालका लागि चितवनको राजनीति भने नयाँ हो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ