arrow

पुनः आतंककारी र हत्याराका रुपमा स्थापित गराइने खतराः प्रचण्ड

logo
प्रकाशित २०७४ साउन २३ सोमबार
Prachanda-new-pose.jpg.jpeg

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी शक्तिको ‘डिजाइन’मा संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।

पोखरामा आइतबार भएको पार्टीको प्रदेश नम्बर ४ स्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रममा उनले स्थानीय चुनावमा डिजाइनकै कारण माओवादी हारेको बताए ।

‘अन्तर्राष्ट्रिय शक्ति केन्द्रलाई के लागेको छ भने संघीय लोकतान्त्रिक गणतन्त्र माओवादीले ल्याएको हो । 

यो रहँदासम्म विश्वभरी माओवादी आन्दोलन एउटा भव्यविद्रोह थियो, जसले ऐतिहासिक परिवर्तन ल्यायो भन्ने मान्यता स्थापित भइरहने छ । त्यसकारण ४७ सालको संविधान ल्याउने उनीहरुको इच्छा छ ।’

संविधान उल्टियो भने माओवादी आन्दोलन राजनीतिक आन्दोलन नमानिने र पुनः आतंककारी र हत्याराका रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा स्थापित गराइने खतरा बढेको उनको दाबी थियो । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ