arrow

अरिङ्गालले टोक्दा बालकको मृत्यु

logo
देवेन्द्र नाथ,
प्रकाशित २०७४ साउन २३ सोमबार
bajura-district.png

बाजुरा । अरिङ्गालले टोक्दा बाजुराको बुढिगङ्गा नगरपालिका–२ नडाङ्गमा एक बालकको मृत्यु भएको छ । अरिङ्गालले टोक्दा कर नेपालीका १३ वर्षीय छोरा रोशन नेपालीको मृत्यु भएको स्थानीय देवराज पाध्यायले बताएका छन् ।

आइतबार घर नजिकैको वनमा गाई गोरु चराउन गएका रोशनलाई अरिङ्गालले टोकेपछि परिवारले घरेलु उपचार गरे । स्वास्थ्य संस्था लैजान नपाउदै उनको मृत्यु भएको पाध्यायले जानकारी दिए । रोशन शिवशंकर प्राथमिक विद्यालयमा ४ कक्षामा पढ्दै थिए ।

अरिङ्गालको टोकाईबाट दुई जना घाईते भएका छन् । ६८ वर्षीया सुन्तला देवी थापा र १२ वर्षीया सपना कुमारी थापा घाइते भएका हुन् । घाईते दुवैलाई उपचारका लागि ब्रह्मतोला स्वास्थ्य चौकी लगिएको छ । अरिङ्गालले चौपायालाई समेत टोकेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ