arrow

काठमाडौंको कलंकीमा सडक दुर्घटना, घिमिरेको मृत्यु

logo
प्रकाशित २०७४ साउन २४ मंगलबार
accident-final.jpeg

काठमाडौँ । कलंकी मन्दिर अगाडि भएको सडक दुर्घटनामा नुवाकोटका २२ वर्षीय अभिषेक घिमिरेको मृत्यु भएको छ । 

मंगलबार बिहान करिब ६ः४५ बजे बा ४ ख २७१३ नं को यात्रुबाहक बसले घिमिरेले चलाएको बा ६३ प ३५३४ नं को मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका घिमिरेको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

बस चालकलाई प्रहरीले पक्राउ गरी सवारीसाधन नियन्त्रणमा लिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ