arrow

बालुवा चोरी निकासी गर्ने १३ ट्रक प्रहरी नियन्त्रणमा

logo
प्रकाशित २०७४ साउन २४ मंगलबार
truck.jpg

मेलम्ची । इन्दावती नदीको किनारबाट लुकिछिपी बालुवा चोरी निकासी गर्ने १३ वटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

अवैध रुपमा खोलाको बालुवा चोरी काठमाडौं पठाउने क्रममा प्रहरीले सोमबार  राति १० बजे नियन्त्रणमा लिएको हो । प्रहरीको आँखा छलेर  चोरी निकासीमा संलग्न बा ४ ख ९४५४, बा ४ ख ७८४८, बा ४ ख ७५२६, बा ४ ख ५७६४, बा ४ ख ६२०८, बा ४ ख ७०५१, ना ३ ख ८९७०, बा ४ ख ६९०२, बा ३ ख ४२१८, बा २ ख ५६०४, बा ३ ख ५७५६ बा ३ ख ५२८८ र बा २ ख ५१२२ ट्रकसहित कागजपत्र बरामद गरेको  इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताए।

चोरीमा संलग्नले जिल्ला समन्वय समितिमा जरिवाना बुजाएपछिमात्र छोडिदिने  ढुंगानाले बताए ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार दुई दिन अघि मात्र चोरीमा संलग्न १२ ट्रक र दुई स्काभेटरलाई कारबाही गरिएको थियो । जिससले असार, साउन र भदौमा नदीबाट कुनै पनि सवारी साधनले बालुवा निकासी गर्न नपाउने जनाएको छ । 

नदीबाट अत्यधिक ढुंगा र बालुवा दोहन भएपछि नदीको सतह गहिरिएर खेतमा पानी नउक्लेकाले स्थानीयवासीले पटक पटक विरोध जनाए पनि तत्कालीन जिविसले बेवास्ता गर्दै आएको तिनको गुनासो छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ