arrow

राप्रपाले देउवा सरकारलाई दिएको समर्थन फिर्ता लियो

logo
प्रकाशित २०७४ साउन २४ मंगलबार
kamal_thapa_new.jpg

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको राप्रपा केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

बैठकले दुई तिहाइ पुग्ने अवस्था हुँदा पनि सरकारले संविधान संशोधन विधेयक अगाडि बढाएको भन्दै सरकार आफ्ना प्रतिवद्धताबाट पछि हटेको निष्कर्ष निकालेको छ ।

यस्तै, राप्रपाले सरकार मधेसको समस्यामा उदासीन देखिएको, राप्रपा विभाजन गर्न परोक्ष भूमिका खेलेको र भ्रष्टाचारलाई प्रोत्साहन गरेकोलगायत आरोप लगाएको छ ।

आइतबार मात्रै पशुपतिशमशेर राणाले २२ जना सांसदसहित अर्को पार्टी दर्ताको प्रक्रिया सुरु गरेपछि राप्रपाले समर्थन फिर्ता लिएको हो । राप्रपाले सरकारले सरकारमा जाने विषयमा पार्टीले बनाएको कार्यदलसँग नभई पशुपतिशमशेर राणासँग कुरा गरेर पर्टी फुटाउन भूमिका खेलेको आरोप समेत लगाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ