arrow

प्रचण्डले भने–एक साताभित्रै प्रदेश र केन्द्रको चुनावको मिति घोषणा हुन्छ

‘चुनाव एकै चरणमा गरिनु पर्दछ’

logo
प्रकाशित २०७४ साउन २५ बुधबार
dahal_g1.JPG

रुपन्देही । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एक साताभित्रै प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको मिति घोषणा हुने बताएका छन् । ५ नम्बर प्रदेशको कार्यकर्ता प्रशिक्षणका क्रममा बुटवल पुगेका दाहालले साता दिनभित्रै निर्वाचनको मिति तय हुने बताएका हुन् ।

दाहालले मुख्य दलहरुले प्रादेशिक र संसदीय चुनाव एकैपटक गर्नुपर्ने मनसाय बनाएको समेत छन् । पत्रकारसँग दाहालले यसो गर्दा समय र रकम बचत हुने तथा संवैधानिक अफ्ठेरो पनि नआउने धारणा राखे । ‘सम्भवत एक हप्ताभित्रमै चुनावको मिति घोषणा हुन्छ’ उनले भने, ‘मंसिरको दोस्रो सातासम्ममा दुबै चुनाव एकैपकट गर्ने गरी मिति घोषणा हुन्छ ।’

दाहालले ‘राजनीतिक दलहरुसँग मितिबारे लगभग सहमति भइसकेको छ, निर्वाचन आयोगलाई केही प्राविधिक कठिनाई मात्रै हो । त्यो समस्याको हल निस्किन्छ’–भनेका छन् ।
उनले दुई चुनाव एक दिन गर्न तीन विकल्प रहेको बताए । उनले भने, ‘पहिलो केन्द्र र प्रदेशको समानुपाति मतपत्र एउटै बनाउन सकिन्छ । निर्विवाद विकल्प हो । यसमा दलहरु नजिक छन् ।’

समानुपातिक मत प्रत्यक्षको आधारमा निर्धारण भए दुई वटै बाकस मात्रैमा मत खसाले पुग्छ, दाहालले भने, ‘धेरै मतदाता भएको क्षेत्रमा बुथ संख्या बढाएर चुनाव गर्न सकिन्छ ।’

राजपाको चुनावी सहभागिताबारे बोल्दै अध्यक्ष दाहालले तेस्रो चरणमा राजपा चुनावमा आउनै पर्ने बताए । उनले अब पनि चुनावमा नआए राजपाका लागि आत्मघाती कदम हुने समेत बताए । चुनावमा आउने र जनमत नमान्ने आत्मघाती काम नगर्न राजपा नेताहरुलाई दाहालले सुझाव समेत दिए ।

अध्यक्ष दाहालले चुनाव निकै महँगो र भड्किलो भएको धारणा समेत राखे । उनले  ‘वर्तमान निर्वाचन प्रणाली फेर्न नसके मुलुक तस्कर र भ्रष्टाचारीको हातमा जाने खतरा छ’ भने । गरिब र मध्यमवर्गले चुनाव लड्नै नसक्ने अवस्था आएको बताउँदै उनले पूर्ण समानुपातिक चुनावमा गए यस्तो विकृति नआउने धारणा राखे । प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नआउँदासम्म राजनीतिक स्थिरता समेत नआउने दाहालको जिकिर छ । अध्यक्ष दाहालले पार्टी विभाजन तथा सांगठनिक अस्तव्यस्तताका कारण चुनावमा माओवादी असफल भएको सुनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ